सोमबार, साउन १८, २०८३

सप्तरीको बोदे बर्साइनमा आगलागी हुँदा तीन जना घाइते

बोदे बर्साइन नगरपालिका–१० खडगपुर बस्ने खगेन्द्र यादवको घरमा भएको आगलागीमा ग्यास सिलिन्डर पड्किँदा तीन जना घाइते भएका हुन्।
 |  आइतबार, साउन १, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन १, २०७९

सप्तरी- सप्तरीको बोदे बर्साइन नगरपालिकामा शनिबार भएको आगलागीमा परेर तीन जना घाइते भएका छन्। बोदे बर्साइन नगरपालिका–१० खडगपुर बस्ने खगेन्द्र यादवको घरमा भएको आगलागीमा ग्यास सिलिन्डर पड्किँदा तीन जना घाइते भएका हुन्। 

आगो नियन्त्रणमा लिने प्रयासमा रहेका छिमेकी कारी दास, महेश यादव र धीरेन्द्र यादव घाइते भएका हुन्। घरमा रहेको एक थान ठूलो सिलिण्डर र दुई थान सानो सिलिण्डर पड्किएर उछिट्टँदा उनीहरू घाइते भएका हुन्।

आगलागीमा खगेन्द्रको घर र छिमेकी वीरेन्द्र यादवको परालको टाली जलेर नष्ट भएको छ। खगेन्द्रको घरमा रहेको नगद एक लाख ५० हजार, तीन तोला सुन, तीन किलो चाँदी, आठ क्विन्टल चामल, २० क्विन्टल धान, एक क्विन्टल चना, ४० किलो तोरी एक थान साइकल र सिलिण्डरलगायत सामान जलेर नष्ट भएको पीडितले बताए।

प्रकाशित: Jul 17, 2022| 07:38 आइतबार, साउन १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।