चितवन- नारायगढ-मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका-२९ केराबारीमा ट्रक र स्कारपियो एकआपसमा ठक्कर खाँदा सातजना घाइते भएका छन्। घाइतेमध्ये तीनको अवस्था गम्भीर रहेको छ।
नारायणगढबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख २७७२ नम्बरको ट्रकले आज साँझ विपरीत दिशाबाट आउँदै गरेको ग२च ३५१२ नम्बरको स्कारपियोलाई ठक्कर दिँदा स्कारपियोमा सवार चालकसहित सात घाइते भएका हुन्।
घाइते सबैको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।