सोमबार, जेठ ४, २०८३

काभ्रे जिल्ला अदालतद्वारा ५४५ वर्ष कैद असुल

आर्थिक वर्ष २०७८/७९ असार मसान्तसम्ममा विभिन्न प्रकृतिका मुद्दाको फैसलापश्चात् कार्यान्वयनका चरणमा फरार रहेका प्रतिवादीलाई ५४५ वर्ष पाँच महिना १२ दिन कैद असुल गरिएको अदालतले जनाएको छ।
 |  शनिबार, असार ३२, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार ३२, २०७९

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोक जिल्ला अदालतले एक वर्षको अवधिमा  प्रतिवादीबाट ५४५ वर्षभन्दा बढी कैद असुल गरेको छ। आर्थिक वर्ष २०७८/७९ असार मसान्तसम्ममा विभिन्न प्रकृतिका मुद्दाको फैसलापश्चात् कार्यान्वयनका चरणमा फरार रहेका प्रतिवादीलाई ५४५ वर्ष पाँच महिना १२ दिन कैद असुल गरिएको अदालतले जनाएको छ। 

National life

विभिन्न मुद्दामा फैसलापश्चात् फरार रही प्रहरीबाट पक्राउ गरिएको प्रतिवादीबाट आव २०७८/७९ मा १३६ वर्ष १० महिना २८ दिन, अदालतले फैसला पश्चात् कैद ठेकिएको ३४४ वर्ष नौ महिना २५ दिन र अन्यबाट ६३ वर्ष आठ महिना नौ दिन कैद असुल गरिएको स्रेस्तेदार गोविन्द घिमिरेले जानकारी दिए। उनका अनुसार ती प्रतिवादीबाट सोही आवमा एक करोड ६६ लाख ७५ हजार जरिवाना असुल गरिएको थियो। 

यस्तै जिल्ला अदालतले चालु आवमा एक हजार ३७३ अर्थात् ४६ दशमलव ७६ प्रतिशत मुद्दा फछ्र्योट गरेको जनाएको छ। चालु आवमा एक हजार ६५६ मुद्दा फछ्र्योट गर्ने लक्ष्य लिइएकामा २८३ थान मुद्दा कम फछ्र्योट भएको हो।

कोभिड–१९ महामारीका कारण वार्षिक लक्ष्यभन्दा कम मुद्दा फछ्र्योट भएको जिल्ला न्यायाधीश मोहनराज भट्टराईले बताए। त्यस्तै अदालतमा जिम्मेवारी सरी आएका ६६४ थान र नयाँ दर्तातर्फ ७०९ गरी जम्मा एक हजार ३७३ थान मुद्दा फछ्र्योट गरेको थियो। आव २०७८/७९ का लागि लक्ष्यभन्दा ४०२ थान बढी मुद्दा दर्ता भएको र एक हजार ५६३ मुद्दा फछ्र्योट बाँकी रहेको उनले बताए।

तीमध्ये दुई वर्ष नाघेका २०६ थान र सबैभन्दा पुरानो २०७ थान मुद्दा फैसला गर्न बाँकी छन्। अदालतले मुद्दालाई सरल, सामान्य र विशेष मार्गबाट फर्छ्योट गर्दै आएको जनाइएको छ। 'क्षतिपूर्ति भर्न  प्रतिवादीको लगत असुलउपर गर्न संयन्त्र कमजोर रहेकाले पनि लक्ष्यअनुसार प्रगति हुन सकेन', न्यायाधीश भट्टराईले भने। जम्मा लगतअनुसार अदालतले चालु आवमा रु ६७ करोड ६६ लाख जरिवाना असुलउपर गर्नुपर्ने थियो।    -रासस


प्रकाशित: Jul 16, 2022| 23:00 शनिबार, असार ३२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।