सोमबार, जेठ ४, २०८३

सप्तरीको चन्द्रनहरमा डुबेर एक वृद्धको मृत्यु

मृत्यु हुनेमा सप्तकोसी नगरपालिका–४ का ७० वर्षीय लक्ष्मी सदा रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
 |  शनिबार, असार ३२, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार ३२, २०७९

सप्तरी- सप्तरीको सप्तकोसी नगरपालिकास्थित चन्द्रनहरमा डुबेर शनिबार एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा सप्तकोसी नगरपालिका–४ का ७० वर्षीय लक्ष्मी सदा रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

National life

गाई चराउन जंगलतर्फ जाँदै गरेको अवस्थामा चन्द्रनहर पार गर्ने क्रममा पानीमा पसेका सदा अचानक डुबेका थिए।

सदा डुबेको खबर प्राप्त हुनासाथ प्रहरीले नहरको पानी बन्द गराई खोजी गर्दा चन्द्रनहरभन्दा करिब तीन किलोमिटर दक्षिण बगाएर लगेको अवस्थामा शव फेला परेको प्रहरी चौकी फत्तेपुरले जनाएको छ। 

मृतकको शवपरीक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लगिएको प्रहरीले जनाएको छ। सदा गाउँभरिका गाईवस्तु दैनिक चराउने काम गर्दै आएको स्थानीयवासीको भनाइ छ। 


प्रकाशित: Jul 16, 2022| 22:00 शनिबार, असार ३२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।