सोमबार, जेठ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • तनहुँमा स्कुल बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

तनहुँमा स्कुल बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

सोही वडामा रहेको माया युनिभर्स एकेडेमी स्कुलको बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार युवाको मृत्यु भएको हो।
 |  शनिबार, असार ३२, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार ३२, २०७९

दमौली- तनहुँको व्यास नगरपालिका-११ शेरामा स्कुल बस र मोटरसाइकल ठक्कर खाँदा शनिबार एक जनाको मृत्यु भएको छ।

National life

सोही वडामा रहेको माया युनिभर्स एकेडेमी स्कुलको बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार युवाको मृत्यु भएको हो। 

मृत्यु हुनेमा सोही वडाको बेल्टारी बस्ने २३ वर्षीय विक्रम सुनार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक २२ वर्षीय सुजन सुनार घाइते भएको प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनामा घाइतेको दमौलीस्थित अस्पतालमा उपचार भइरहेको छ। 

घाँसीकुवाबाट फराकचौरतर्फ जाँदै गरेको ग१क २६८३ नंको बस र विपरीत दिशाबाट आउँदै गरेको ग१५प ६५०४ नंको मोटरसाइकल एकापसमा ठोक्किएको थियो।   -रासस

प्रकाशित: Jul 16, 2022| 21:30 शनिबार, असार ३२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।