मंगलबार, कात्तिक ४, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • मुख्यमन्त्री शाहीद्वारा 'कर्णाली बृहत् वृक्षारोपण उत्सव'को उद्घाटन

मुख्यमन्त्री शाहीद्वारा 'कर्णाली बृहत् वृक्षारोपण उत्सव'को उद्घाटन

मुख्यमन्त्री शाहीले सुर्खेतको सांस्कृतिक तथा धार्मिक पर्यटकीयस्थल काँक्रेविहारमा शनिबार वृक्षरोपण गरी उत्सव उद्घाटन गरेका हुन्।
 |  शनिबार, असार ३२, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार ३२, २०७९

कर्णाली- कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले ‘कर्णाली बृहत् वृक्षरोपण उत्सव’ को उद्घाटन गरेका छन्। मुख्यमन्त्री शाहीले सुर्खेतको सांस्कृतिक तथा धार्मिक पर्यटकीयस्थल काँक्रेविहारमा शनिबार वृक्षरोपण गरी उत्सव उद्घाटन गरेका हुन्। 

Kumaribank

क्लिन एन्ड ग्रिन मुभमेन्ट, उद्योग वाणिज्य संघ सुर्खेत, लायन्स क्लब र नेपाल चिकित्सक संघ कर्णाली प्रदेशद्वारा वीरेन्द्रनगर नगरपालिका–९ सुर्खेतमा आयोजित उत्सवका क्रममा उनले काँक्रेविहारको दक्षिणपट्टिको जङ्गलमा वृक्षरोपण गरे। मुख्यमन्त्री शाहीले भने, ‘कर्णाली प्रदेश सरकारले आगामी आव २०७९/८० लाई ‘वृक्षरोपण वर्ष’ का रुपमा मनाउने नीति तथा कार्यक्रम बनाएको छ। त्यसका लागि वृक्षरोपण कार्यलाई अभियानका रुपमा सञ्चालन गरिने छ।’ 

प्रदेश सरकारले हरित अर्थतन्त्रमा विशेष जोड दिएको छ। आगामी आव २०७९/८० को पूर्वसन्ध्यामा आयोजित उत्सवअन्तर्गत एक हजार वृक्षरोपण गरिएको डिभिजन वन कार्यालय सुर्खेतका सूचना अधिकारी (वन अधिृकत) सूर्य शर्माले जानकारी दिए। उनका अनुसार आज बेल, तिजु, रिट्ठा र इपिलका बिरुवाहरू लगाइएको छ।

उत्सवमा डिभिजन वन कार्यालयका प्रमुख मुनबहादुर रावत, चिकित्सक संघ कर्णाली प्रदेशका अध्यक्ष डा. नवराज केसी, उद्योग वाणिज्य संघ सुर्खेतका अध्यक्ष लक्ष्मण कँडेल, लायन्स क्लब तथा क्लिन सुर्खेत, ग्रिन सुर्खेतका प्रतिनिधि सहभागी थिए।

प्रकाशित: Jul 16, 2022| 21:00 शनिबार, असार ३२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।