धनुषा- धनुषाको धनौजी गाउँपालिका-५ बहुअर्वा चोकबाट ३ सय ६२ ग्राम ३७ मिलीग्राम तौल भएको चाँदीको जस्तो देखिने १० थान पायल सहित २ जनालाई प्रहरीले शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका-२० रुपैठा बस्ने २४ वर्षीय पङ्कज र भारत घर भएका २३ वर्षीय कमलेश कुमार साह रहेका छन्।
भारतबाट नेपालतर्फ आउँदै गरेको ज.७ प २७५६ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी डेबडिया सिर्सियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पायलसहित फेला पारी पक्राउ गरेको हो।
उनीहरूलाई बरामद पायलसहित आवश्यक कारवाहीका लागि जनकपुर भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ।