सोमबार, जेठ ४, २०८३

खोलामा डुबेर दुई जनाको मृत्यु

झापाको भद्रपुर नगरपालिका-३ धिमेलधुरा बस्ने सितु सापकोटाको छोरा ११ वर्षीय ईश्वर सापकोटाको सोही ठाउँस्थित देउनिया खोलामा डुबेर शुक्रबार बिहान मृत्यु भएको छ।
 |  शनिबार, असार ३२, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार ३२, २०७९

झापा- झापाको भद्रपुर नगरपालिका-३ धिमेलधुरा बस्ने सितु सापकोटाको छोरा ११ वर्षीय ईश्वर सापकोटाको सोही ठाउँस्थित देउनिया खोलामा डुबेर शुक्रबार बिहान मृत्यु भएको छ। 

National life

खोलामा नुहाउने क्रममा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पृथ्वीनगरबाट खटिएको प्रहरीले स्थानीयवासीको सहयोगमा खोजतलास गर्ने क्रममा खोलाको किनारमा उनको शव फेला परेको हो। 

यता रौतहटको चन्द्रपुर नगरपालिका-१ नुनथरस्थित बागमती खोलामा पौडी खेल्ने क्रममा डुबेर धनुषा छिरेश्वर नगरपालिका-५ महेन्द्रनगर बस्ने २१ वर्षीय पारस यादवको शुक्रबार दिउँसो मृत्यु भएको छ।

खोलामा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चपुरबाट खटिएको प्रहरीले स्थानीयवासीको सहयोगमा खोजी गर्ने क्रममा सोही खोलाको किनारमा उनको शव फेला परेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


प्रकाशित: Jul 16, 2022| 20:00 शनिबार, असार ३२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।