बिहीबार, पुस ३, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • जिल्ला अदालत कैलालीमा दुई हजार बढी मुद्दा दर्ता, सम्बन्धविच्छेदका धेरै

जिल्ला अदालत कैलालीमा दुई हजार बढी मुद्दा दर्ता, सम्बन्धविच्छेदका धेरै

जिल्ला अदालत कैलालीमा चालु आर्थिक वर्षमा पाँच सय ५० सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन्।
 |  शनिबार, असार ३२, २०७९

भीम चौधरी

भीम चौधरी

शनिबार, असार ३२, २०७९

धनगढी- जिल्ला अदालत कैलालीमा चालु आर्थिक वर्षमा पाँच सय ५० सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन्। चालु आर्थिक वर्षमा दुई हजार ७५ मुद्दा दर्ता भएकोमा पाँच सय ५० सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका हुन्।

National life

दर्ता भएकामध्ये एक सय ६९ मुद्दा फछ्यौट भएका छन्। सोमध्ये तीन सय ८१ मुद्दा पछ्यौंट हुन बाँकी छन्। जिल्ला न्यायाधीश जयानन्द पनेरुले वैदेशिक रोजगार, लागूऔषध तथा मादकपदार्थ सेवनका कारण सम्बन्धविच्छेदका मुद्दाको संख्या कैलालीमा बढेको बताए। ‘वैदेशिक रोजगारी प्रमुख कारण देखिन्छ,’ जिल्ला न्यायाधीश जयानन्द पनेरुले भने, ‘मादकपदार्थ सेवनका कारण पनि सम्बन्धविच्छेद हुने गरेका छन।’

‘जिल्लामा एक सय २९ मुद्दा लागुऔषधका छन। लागूऔषधका ५४ मुद्दा मात्र फछ्यौंट भएको छन्,’ जिल्ला न्यायाधीश जयानन्द पनेरुले भने, ‘एक सय ७५ मुद्दा बाँकी छन्।’

 जिल्लामा जबरजस्तीकरणीका २ सय ५ मुद्दा दर्ता भएका छन्। सोमध्ये ७३ मात्र फछ्यौंट भएको जिल्ला न्यायाधीश जयानन्द पनेरुले बताए। न्यायाधीश पनेरुका अनुसार कर्तव्य ज्यानका २२ मुद्दामा १३ फछ्यौट, चेक अनादरका २ सय ९१ मुद्दामा एक सय ६१ फछ्यौंट, एक सय ४१ मुद्दामा बालबालिका संलग्न रहेकोमा ६३ मुद्दा फछ्यौट भएको न्यायाधीश पनेरुले बताए। 

जिल्ला अदालत कैलालीमा चालु आर्थिक वर्षमा दर्ता भएकामध्ये एक हजार ६ सय ६४ मुद्दाको फछ्यौंट भएको न्यायाधीश पनेरुले बताए। ‘एक हजार १३ मुद्दा सरेर आएका छन्, नयाँ दर्ता भएका नौं सय दुई मुद्दा मात्र फछ्यौंट भएका छन्', एक हजार एक सय ७३ मुद्दा छन्,’ न्यायाधीश पनेरुले भने, ‘लक्ष्य अनुसारको मुद्दा फछ्यौंट गर्न सकेका छैनौं, निर्वाचनका कारण केही ढिलो भएको हो।’

Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 16, 2022| 12:58 शनिबार, असार ३२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।