सोमबार, जेठ ४, २०८३

भक्तपुरमा पर्यटक बोलाउन साइकल यात्रा

साइकल यात्रामा भक्तपुरका चार वटै नगरपालिकाका सहरदेखि ग्रामीण क्षेत्रसम्मका आकर्षक पर्यटकीय क्षेत्रको अवलोकन गरिँदै।
 |  शनिबार, असार ३२, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार ३२, २०७९

काठमाडौं– प्राचीन पर्यटनमा समृद्ध भक्तपुरको पर्यटकीय क्षेत्रलाई विश्वमाझ चिनाएर स्वदेशी तथा विदेशी पर्यटक आकर्षित गर्न ३०० बढीले साइकल यात्रा सुरु गरेका छन्। पैदल र प्याडलमैत्री सहर मुख्य नारासहित साइकल कनेक्ट भक्तपुरको आयोजनामा शनिबार बिहान साइक्लिङ च्यालेन्ज यात्रा कार्यक्रमअन्तर्गत ‘भक्तपुर कोरा २०२२’ सुरु भएको हो। 

National life

साइकल कनेक्ट भक्तपुरका अध्यक्ष सुनील बालाले भक्तपुर, काठमाडौं, ललितपुर तथा काभ्रे सीमासम्मका पर्यटकीय एवं सम्पदा स्थलको साइकलबाट परिक्रमा गर्ने गरी भक्तपुर दरबार स्क्वायरबाट ५०, ७५ र १०० किलोमिटरको तीन वटा रुटमा यात्रा सुरु गरेको जानकारी दिए।

च्यालेन्जमा ५० किलोमिटरमा ८ महिलासहित १३८, ७५ किलोमिटरमा २ महिलासहित ४७, १०० किलोमिटरमा ३ महिलासहित १०७ र अन्य ३०० बढीको सहभागिता छ।अध्यक्ष बालाले भने, पर्यटक आगमन बढाउन र कोरोनाबाट मृत्यु भएका साइक्लिस्ट यमलाल रसाईको परिवारलाई सहयोग गर्न ६ लाखको कोष स्थापनाको लक्ष्य छ।’

कार्यक्रम संयोजक सुनील ख्याजुले तीन  रुट बनाएर भक्तपुरका चारै नगरपालिकाका सहरदेखि ग्रामीण क्षेत्रसम्मका आकर्षक पर्यटकीय क्षेत्रको अवलोकन गरिने बताए।यात्रामा सहभागी होटल हाइल्यान्ड रिसोर्ट रानीकोटका सञ्चालक रामसुन्दर बकेंले साइकलबाट आन्तरिक तथा बाह्य पर्यटन विकास गर्न सकिने बताए।

प्रकाशित: Jul 16, 2022| 11:02 शनिबार, असार ३२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।