सोमबार, जेठ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सामूहिक बलात्कार रोपमा सशस्त्र प्रहरीका जवानसहित चार जना पक्राउ

सामूहिक बलात्कार रोपमा सशस्त्र प्रहरीका जवानसहित चार जना पक्राउ

कञ्चनपुरमा सामूहिक बलात्कार आरोपमा चार जना युवक पक्राउ परेका छन्।
 |  शनिबार, असार ३२, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार ३२, २०७९

धनगढी- कञ्चनपुरमा सामूहिक बलात्कार आरोपमा चार जना युवक पक्राउ परेका छन्। 

National life

शुक्रबार जिल्लाको पुनर्वासमा सशस्त्र प्रहरी जवानसहित चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा पुनर्वास-९ ख गाउँ बस्ने सुशील विष्ट, लक्ष्मण सुनार, पृथ्वी भाट क्षेत्री र विओपी बीचफाँटामा कार्यरत सशस्त्रका जवान यम प्रसाद जैसी रहेका छन्।

उनीहरूले असार २३ गते राति एक २० वर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेको आरोप छ। पीडित युवतीले प्रहरीमा उजुरी दिएपछि उनीहरूलाई पक्राउ गरिएको हो। 

सुशील विष्टले ती युवतीलाई विवाह गर्ने प्रलोभनमा पारेर उखुबारीमा बोलाएका थिए। त्यसपछि उनका अन्य साथीहरू पनि आएर बलात्कार गरेको पीडितले प्रहरीसमक्ष बताएकी छन्।

सुशील र ती युवतीको प्रेम सम्बन्ध पनि रहेको खुलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले बताए।

प्रकाशित: Jul 16, 2022| 08:42 शनिबार, असार ३२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।