सोमबार, जेठ ४, २०८३

पोखरेली कवि तेजनाथ घिमिरेको निधन

पोखराका कवि तेजनाथ घिमिरेको निधन भएको छ। शनिबार बिहान २ बजेर १२ मिनेटमा उनको निधन भएको छोरा प्रकाश घिमिरेले जानकारी दिए।
 |  शनिबार, असार ३२, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार ३२, २०७९

पोखरा- पोखराका कवि तेजनाथ घिमिरेको निधन भएको छ। शनिबार बिहान २ बजेर १२ मिनेटमा उनको निधन भएको छोरा प्रकाश घिमिरेले जानकारी दिए।

National life

पोखरा-३ नदीपुर निवासी घिमिरे लामो समयदेखि उच्च रक्तचाप, मधुमेह तथा दम रोगबाट पीडित थिए। उनलाई अक्सिजन दिएर घरमै उपचार भइरहेकोमा आज बिहान ८३ वर्षको उमेरमा निधन भएको हो। 

उनका २ श्रीमती, ५ छोरा, २ छोरी छन्। उनको आजै ९ बजे सेतीनदी किनार तुसली घाटमा अन्त्येष्टि गरिने छोरा प्रकाशले जानकारी दिए।

लामो समय शिक्षण पेशामा आवद्ध घिमिरेले हिमदूत पत्रिकामा पनि काम गरेका थिए। नेपाली कांग्रेस निकट शिक्षक संघ कास्कीको संस्थापक अध्यक्ष समेत रहेका घिमिरेका तीन वटा कविता संग्रह प्रकाशित छन्। घिमिरे पोखरेली युवा सांस्कृतिक परिवारका पूर्व अध्यक्ष समेत हुन्।

प्रकाशित: Jul 16, 2022| 08:29 शनिबार, असार ३२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।