सोमबार, जेठ ४, २०८३

कैलालीमा मोटरसाइकल दुर्घटना : एकको मृत्यु, दुई घाइते

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
 |  शनिबार, असार ३२, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार ३२, २०७९

धनगढी- कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

National life

दुर्घटनामा चालक कैलारी गाउँपालिका-१ का २१ वर्षीय नैनबहादुर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका चौधरीलाई साझा सामुदायिक हेल्थ क्लिनिक मसुरियाबाट धनगढीस्थित नवजीवन अस्पताल रिफर गरिएको थियो। नवजीवनबाट पनि कोहलपुर मेडिकल कलेज रिफर गरिएका उनको शनिबार बिहान मृत्यु भएको हो।

शुक्रबार साँझ जिल्लाको गौरीगंगा नगपालिका-११ शिवपुरस्थित भित्री सडकखण्डमा से४प ४९३९ नम्बरको मोटरसाइकलले घर नजिककै सडकछेउमा खेलिरहेका ४ वर्षीय नितेश खातीलाई ठक्कर दिएको थियो। 

ठक्करबाट नितेशसहित मोटरसाइकल पछाडि सवार बर्दगोरिया गाउँपालिका-३ का ३१ वर्षीय जगदीश चौधरी घाइते भएका थिए।

नितेशको सौगात मेडिकल बडैपुरमा उपचार भइरहेको र जगदीशको साझा सामुदायिक हेल्थ क्लिनिक मसुरियाबाट धनगढीस्थित नवजीवन अस्पताल रिफर गरी उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रकाशित: Jul 16, 2022| 07:50 शनिबार, असार ३२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।