बुधबार, फागुन २०, २०८२

साउदी अरेबियाले सबैका लागि एयर स्पेस खोल्यो

साउदी अरेबियाले शुक्रबार सबै वायु वाहकहरूका लागि आफ्नो हवाई क्षेत्र खोल्ने निर्णय गरेको छ। देशको नागरिक उड्डयनको प्राधिकरणले ट्वीट गर्‍दै सो निर्णय सार्वजनिक गरेको हो। सन् १९४४ को शिकागो कन्भेन्सन अन्तर्गत आफ्नो दायित्वहरू पूरा गर्न सो निर्णय गरेको दाबी गरिएको छ।
 |  शनिबार, असार ३२, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार ३२, २०७९

रियाद- साउदी अरेबियाले शुक्रबार सबै वायु वाहकहरूका लागि आफ्नो हवाई क्षेत्र खोल्ने निर्णय गरेको छ। देशको नागरिक उड्डयनको प्राधिकरणले ट्वीट गर्‍दै सो निर्णय सार्वजनिक गरेको हो।  सन् १९४४ को शिकागो कन्भेन्सन अन्तर्गत आफ्नो दायित्वहरू पूरा गर्न  सो निर्णय गरेको दाबी गरिएको छ।

यो निर्णयले तीन महादेशलाई जोड्ने र अन्तरराष्ट्रिय हवाई कनेक्टिभिटी बढाउने विश्वव्यापी हबको रूपमा राज्यको स्थितिलाई सुदृढ बनाउने विश्वास गरिएको छ।  

यो निर्णय सार्वजिनक भएसँगै सोही दिन इजरायली कार्यवाहक प्रधानमन्त्री यायर लापिडले आफ्नो हवाई क्षेत्र खुला गर्ने साउदी अरेबियाको निर्णयको प्रशंसा गरेका छन्। 'यो पहिलो चरण हो। हामी इजरायली अर्थतन्त्र, यसको सुरक्षा र इजरायलका नागरिकहरूका लागि उचित सावधानीका साथ काम गर्न जारी राख्नेछौं,' ल्यापिडको कार्यालयबाट जारी गरेको विज्ञप्तिमा भनिएको छ।

प्रतिबन्धका कारण इजरायली एयरलाइन्सहरूले पहिले साउदी एयरस्पेसमा यात्रा गर्न पाउँदैनथे  जसले एशिया लगायातका क्षेत्रहरूमा उडानहरू महँगो र लामो बनाएको  थियो। साउदी अरेबियाले शुक्रबार अमेरिकी राष्ट्रपति जो बाइडेनलाई स्वागत गर्ने तयारी गरेको दिनमा यो घोषणा सार्वजनिक भएको हो।

राष्ट्रपति बनेपछि बाइडेनको यहाँ र मध्यपूर्वको पहिलो भ्रमण हो। भ्रमणका क्रममा उनले साउदी अरेबियाका राजा सलमान बिन अब्दुलाजिज अल साउद र युवराज मोहम्मद बिन सलमान अल साउदसँग भेट गर्ने बताइएको छ।

kumari

प्रकाशित: Jul 16, 2022| 06:00 शनिबार, असार ३२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।