बुधबार, फागुन २०, २०८२

पाकिस्तानमा पाँच विद्रोही र एक सैनिकको मृत्यु

हिंसात्मक घटनामा परी पाकिस्तानमा थप पाँच विद्रोही र एक सैनिकको मृत्यु भएको छ। सेनाले चलाएको सैन्य कारबाहीका क्रममा उनीहरूको मृत्यु भएको सरकारी अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन्।
 |  शनिबार, असार ३२, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार ३२, २०७९

इस्लामावाद- हिंसात्मक घटनामा परी पाकिस्तानमा थप पाँच विद्रोही र एक सैनिकको मृत्यु भएको छ। सेनाले चलाएको सैन्य कारबाहीका क्रममा उनीहरूको मृत्यु भएको सरकारी अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन्।

देशको दक्षिण पश्चिमी क्षेत्रमा पर्ने बलुचिस्तान प्रान्त स्थित जिअरात जिल्लामा घटना भएको जनाइएको छ। विद्रोहीहरू लुकेर बसेको सूचनाका आधारमा सुरक्षाकर्मीहरूले आक्रमण गरेका थिए।

पाकिस्तानमा पछिल्लो समय हिंसात्मक घटना बढ्दै गएको छ। घटनालाई नियन्त्रणमा लिन सरकारले विभिन्न प्रयास गरेपनि परिस्थिति अझै नियन्त्रणमा आउन सकेको छैन।  

सुरक्षाकर्मीहरूले सुरक्षा कारबाहीलाई अझ तिव्रताका साथ अगाडि बढाइएको र आफूहरूलाई सफलता प्राप्त भइरहेको दावी गरेका छन्।

प्रकाशित: Jul 16, 2022| 00:01 शनिबार, असार ३२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।