बुधबार, फागुन २०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • श्रीलंकाली राष्ट्रपति राजापाक्षेको राजीनामा स्वीकृत, अन्तरिम राष्ट्रपतिको जिम्मेवारी प्रधानमन्त्रीलाई

श्रीलंकाली राष्ट्रपति राजापाक्षेको राजीनामा स्वीकृत, अन्तरिम राष्ट्रपतिको जिम्मेवारी प्रधानमन्त्रीलाई

सभामुख महिन्दा यापाले जुलाई १४ देखि राष्ट्रपति राजापाक्षेले राजीनामा दिएको जानकारी दिएका हुन्।
 |  शुक्रबार, असार ३१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ३१, २०७९

कोलम्बो- श्रीलङ्काका सभामुख महिन्दा यापा अबयवार्देनाले राष्ट्रपति गोटाबाया राजपाक्षले दिएको राजीनामा स्वीकृत भएको बताएका छन्। उनले भोलि शनिबार नयाँ राष्ट्रपति चयन गरिने समेत जानकारी दिएका छन्।

सभामुख महिन्दा यापाले जुलाई १४ देखि राष्ट्रपति राजापाक्षेले राजीनामा दिएको जानकारी दिएका हुन्। नयाँ राष्ट्रपति निर्वाचित गर्ने टुङ्गो नलागेसम्म श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रेमसिङ्हेलाई अन्तरिम राष्ट्रपतिको जिम्मेवारी दिइएको छ। उनले अन्तरिम राष्ट्रपतिको शपथ पनि लिएका छन्। 

उनले लोकतान्त्रिक प्रक्रियामा सहयोग गर्न पार्टीका नेता, राज्य पदाधिकारी र सुरक्षाकर्मीबाट सहयोगको लागि अनुरोध गरेका छन्। सात दिनभित्र राष्ट्रपतिको निर्वाचन प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने लक्ष्य रहेको सभामुखले प्रस्ट पारे। उनले भोलिका लागि संसदको बैठक बोलाएका छन्। 

यसैबीच सिंगापुरको परराष्ट्र मन्त्रालयले राजपाक्षलाई निजी भ्रमणका लागि अनुमति दिएको पुष्टि गरेको छ। यद्यपि उनलाई शरण भने नदिइएको मन्त्रालयको दाबी छ। माल्दिभ्सबाट बिहीबार साँझ साउदी एअरलाइन्सको उडानमा राजापाक्षे सिंगापुर पुगेका थिए। 

प्रकाशित: Jul 15, 2022| 18:14 शुक्रबार, असार ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।