आइतबार, मंसिर २८, २०८२

मोरङ कारागारमा कोरोना फैलियो

जिल्ला कारागार मोरङमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ। १८ जना कैदीमा गरिएको एन्टिजेन परीक्षणमा १६ जनामा संक्रमण देखिएको हो।
 |  शुक्रबार, असार ३१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ३१, २०७९

विराटनगर– जिल्ला कारागार मोरङमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ। १८ जना कैदीमा गरिएको एन्टिजेन परीक्षणमा १६ जनामा संक्रमण देखिएको हो।

National life

शुक्रबार बिहान १८ जनाको एन्टिजेन परीक्षण गरिएको कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. यज्ञराज खरेलले जानकारी दिए। एन्टिजेन पोजिटिभ आएकालाई थप उपचारका लागि कोसी कोभिड अस्पताल रेफर गरिने उनले बताए।

कैदीमा ज्वरो देखिएपछि कोसी अस्पतालमा भर्ना गरिएका कैदी बन्दीको एन्टिजेन परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको हो।

कोशी अस्पतालमा भर्ना गरिएकामध्ये मोरङको सुन्दरहरैँचा नगरपालिका–४ घर भएका कैदी ३९ वर्षीय नीरबहादुर नेपालको मृत्यु भइसकेको छ। उनलाई बिहीबार उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। 

३ सय क्षमता रहेको मोरङ कारागारमा १ हजार ८७ जना कैदी बन्दी छन्। कैदीमा कोरोना संक्रमण देखिएपछि मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइराला लगायतका सुरक्षा अधिकारीले शुक्रबार बिहान अस्पताल पुगेर उपचाररत कैदी बन्दीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका थिए। 

Laxmi sunrise bank
kumari

कारागारका कैदी बन्दीमा एक साताअघि ज्वरोका बिरामी भेटिएका थिए। कारागारमा कोरोना फैलिएको पुष्टि भएपछि कैदीको उपचार र व्यवस्थापनमा समस्या भएको निमित्त जेलर तुलसीराम भगतले बताए।

प्रकाशित: Jul 15, 2022| 16:00 शुक्रबार, असार ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।