काठमाडौं– उड्डयन व्यवसायी विकास जंगबहादुर राणाको सांगीतिक समारोह ‘विकास राणाको गीत यात्रा’ सम्पन्न भएको छ। काठमाडौंको याक एन्ड यती होटलमा संगीतमय समारोह सम्पन्न भएको हो।
कार्यक्रममा ११ वटा गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको थियो। सार्वजनिक भएको म्युजिक भिडियो विकास राणा अफिसियल युट्युब च्यानलमा सुन्न र हेर्न पाइनेछ।
राणा नेपालको उड्डययन क्षेत्रका व्यवसायी र पाइलटसमेत हुन्।