बुधबार, फागुन २०, २०८२

इरानलाई एक्ल्याउन अमेरिका र इजरायल सहमत

अमेरिकाका राष्ट्रपति जो बाइडेन र इजरायलका प्रधानमन्त्री यायर ल्यापिड आणविक हतियार विकासबाट इरानलाई एक्ल्याउन सहमत भएका छन्। इजरायलको भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति र प्रधानमन्त्रीबीचको भेटवार्तामा त्यस्तो सहमति भएको हो।
 |  शुक्रबार, असार ३१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ३१, २०७९

kumari

वाशिङ्टन- अमेरिकाका  राष्ट्रपति जो बाइडेन र इजरायलका प्रधानमन्त्री यायर ल्यापिड आणविक हतियार विकासबाट इरानलाई एक्ल्याउन सहमत भएका छन्। इजरायलको भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति र प्रधानमन्त्रीबीचको भेटवार्तामा त्यस्तो सहमति भएको हो। 

दुवै नेताले आज इरानको आणविक हतियारलाई अस्वीकार गर्ने संयुक्त प्रतिबद्धतामा हस्ताक्षर गर्ने भएका छन्। यसले तेहरानसँगको विश्वव्यापी कूटनीतिमा लामो समयदेखि चलिरहेको विवादलाई पनि अन्त्य गर्नेछ। बुधबार इजरायली टिभीसँगको कुराकानीमा पनि अमेरिकी राष्ट्रपतिले इरानविरुद्ध बल प्रयोगको ‘अन्तिम उपाय’ का निम्ति वासिङटन खुला रहेको बताएका थिए। 

विश्व शक्ति राष्ट्रहरूले पनि इरानको वर्षौंदेखिको परमाणु हतियार विकासको चाहनालाई साकार पार्ने वातावरण बनाउन नहुनेमा जोड दिँदै उनीहरूले प्रतिरोधभन्दा समाधानको भावनाबाट प्रेरित भएर इरानको आणविक आकाङ्क्षालाई अस्वीकार गर्नुपर्ने अभिमत व्यक्त गरेका छन्। 

प्रकाशित: Jul 15, 2022| 05:30 शुक्रबार, असार ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।