बुधबार, फागुन २०, २०८२

श्रीलंकाका राष्ट्रपतिले सिंगापुर पुगेर दिए राजीनामा

उनले यसअघि १३ जुलाईमा राजीनामा दिने बताए पनि सिंगापुर पुगेपछि मात्रै १४ जुलाईमा राजीनामा दिएका हुन्। श्रीलंकाबाट माल्दिभ्स भागेका राजापाक्ष बिहीबार साँझ सिंगापुर पुगेका हुन्। उनलाई नीति भ्रमणका लागि सिंगापुर प्रवेश गर्न दिइएको सिंगापुरको विदेश मामिला मन्त्रालयले बिहीबार जनाएको छ।
 |  बिहीबार, असार ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३०, २०७९

काठमाडौं- श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षले सिंगापुर पुगेर राजीनामा दिएका छन्। उनले यसअघि १३ जुलाईमा राजीनामा दिने बताए पनि सिंगापुर पुगेपछि मात्रै १४ जुलाईमा राजीनामा दिएका हुन्। श्रीलंकाबाट माल्दिभ्स भागेका राजापाक्ष बिहीबार साँझ सिंगापुर पुगेका हुन्। उनलाई नीति भ्रमणका लागि सिंगापुर प्रवेश गर्न दिइएको सिंगापुरको विदेश मामिला मन्त्रालयले बिहीबार जनाएको छ। 

मन्त्रालयको अनुमतिमा उनी सिंगापुर आएको मन्त्रालयका प्रवक्ताले पुष्टि गरेका छन्। साउदी विमानमार्फत् उनी माल्दिभ्सबाट सिङ्गापुर आउनुभएको स्थानीय सञ्चार माध्यमहरूले समाचार लेखेका छन्।  स्थानीय समयअनुसार बिहीबार बेलुका ७.१७ बजे उनी सिङ्गापुरको चाँगी विमानस्थलमा उत्रिएका हुन्। 


राजापाक्ष शरणार्थीको रूपमा आएको हो वा होइन भन्ने बारेमा कुनै जानकारी नभएको पनि मन्त्रालयका अधिकारीहरूले जनाएका छन्। उनको गन्तव्य सिङ्गापुर नै हो वा फेरि अन्यत्र जाने हुन् भन्ने बारेमा पनि यकिन नभएको जनाइएको छ।

आन्दोलनकारीले आफ्नो निवास कब्जा गरेपछि देशभित्रै अन्यत्र लुकेर बसेका राजापाक्षले बुधबार देश छाडेर माल्दिभ्स पुगेका थिए। त्यहाँ उनी एक दिन बसेर सिङ्गापुर पुगेका हुन्।

kumari

उनले देश छोडेपछि राष्ट्रपतिको जिम्मेवारी प्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई दिइएको छ। सभामुख महिन्दा यापा अबेवार्डेनाले आगामी जुलाई २० मा संसदबाट नयाँ राष्ट्रपति चयन गरिने जानकारी दिएका छन्।

प्रकाशित: Jul 14, 2022| 22:01 बिहीबार, असार ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।