बुधबार, फागुन २०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • पाकिस्तानमा वर्षा र बाढीमा परी एक मिहनामा १६५ जनाको मृत्यु

पाकिस्तानमा वर्षा र बाढीमा परी एक मिहनामा १६५ जनाको मृत्यु

पाकिस्तानमा पछिल्लो एक महिनामा वर्षापछि भएका घटनामा परी कम्तीमा १६५ जनाको मृत्यु भएको छ। वर्षापछिको बाढी पहिरो र त्यस सम्बन्धी दुर्घटनामा परी उनीहरुको मृत्यु भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्।
 |  बिहीबार, असार ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३०, २०७९

इस्लामावाद-  पाकिस्तानमा पछिल्लो एक महिनामा वर्षापछि भएका घटनामा परी कम्तीमा १६५ जनाको मृत्यु भएको छ। वर्षापछिको बाढी पहिरो र त्यस सम्बन्धी दुर्घटनामा परी उनीहरुको मृत्यु भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्। 

ती घटनाहरुमा परी अरु १७१ जना घाइते पनि भएको राष्ट्रिय प्रकोप व्यवस्थापन निकायले बिहीबार जनाएको छ। देशको दक्षिण पश्चिमी क्षेत्रमा पर्ने बालुचिस्तान प्रान्तमा मात्रै ६५ जनाको मृत्यु भएको र ४९ जना घाइते भएको विवरण छ। 

वर्षाका कारण मानवीय क्षतीसँगै भौतीक संरचनाहरुमा समेत ठूलो क्षती भएको छ। कतिपय सेवा पनि अवरुद्ध भएको जनाइएको छ। वर्षाले धेरै क्षती गर्न थालेपछि बालुचिस्तान प्रदेश सरकारले मङ्गलबारदेखि एक महिनाका लागि धारा १४४ लागू गरिएको छ। धारा १४४ मा नदीको छेउछाउ, जङ्गल, तलाउ लगायतका क्षेत्रमा बनभोज जान निषेध गरिएको छ। 

अन्य प्रदेशमा पनि बाढी पहिरो लगायतका घटनामा परी धेरैको मृत्यु भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्। 

प्रकाशित: Jul 14, 2022| 23:45 बिहीबार, असार ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।