सोमबार, मंसिर १०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

बोतलमा माकुरा भेटिएपछि पानी उद्योगको उत्पादन रोक्का

कैलालीको बर्दगोरिया–१ बौनियामा रहेको आकाश गंगा वाटर एण्ड बेभेरेज प्रालिले उत्पादन गर्दै आएको पानीको बोतलमा माकुरो भेटिएपछि त्यसको छानबिनका लागि उद्योगको उत्पादन रोक्का गरिएको हो।
 |  बिहीबार, असार ३०, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३०, २०७९

धनगढी- कैलालीमा प्रशोधित पानीको बोतलमा माकुरा भेटिएको पानी उद्योगको उत्पादन रोक्का गरिएको छ। कैलालीको बर्दगोरिया–१ बौनियामा रहेको आकाश गंगा वाटर एण्ड बेभेरेज प्रालिले उत्पादन गर्दै आएको पानीको बोतलमा माकुरो भेटिएपछि त्यसको छानबिनका लागि उद्योगको उत्पादन रोक्का गरिएको हो।

triton college

प्रशोधित पानीको बोतलमा माकुरा भेटिएको समाचार प्रकाशित भएको थियो। जिल्ला प्रशासन कार्यालयबाट प्राप्त निर्देशनबमोजिम खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कैलालीको टोलीले सो उद्योगको स्थलगत अनुगमन गरेको थियो।

खाद्य निरीक्षक तथा खाद्य विज्ञ टोलीबाट स्थलगत अनुगमनका क्रममा स्वच्छता मापदण्डसम्बन्धी केही बुँदामा सुधार गर्न आवश्यक देखिएकाले सुधार नभएसम्मका लागि उक्त उद्योगको उत्पादन रोक्का गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कैलालीका प्रमुख नवराज दाहालले जानकारी दिएका छन्।

उनले उक्त उद्योगबाट खाद्य ऐनअनुसार नमूना संकलन गरी अनुसन्धान प्रक्रियासमेत अघि बढाइएको बताउँदै आम उपभोक्तालाई पानीलगायतका खाद्य वस्तु खरिद गर्दा सचेत रहन आग्रह गरे।

प्रकाशित: Jul 14, 2022| 21:40 बिहीबार, असार ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।