आइतबार, मंसिर ९, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • राम्चेढुंगामा राष्ट्रिय विभूति उद्यानदेखि मन्दिर निर्माणसम्मका योजना

Siddartha premir insuranceSiddartha premir insurance

राम्चेढुंगामा राष्ट्रिय विभूति उद्यानदेखि मन्दिर निर्माणसम्मका योजना

चालु आवमा वडाले दिएको रु तीन लाख बजेटबाट ‘डीपीआर’ बनाइएको राम्चेढुंगा पर्यटन विकास केन्द्रले जनाएको छ। ‘पायोनियर आर्किटेक्ट एण्ड कन्सल्टिङ इञ्जिनीयर्स’ले ‘डीपीआर’ निर्माण गरेको केन्द्रका अध्यक्ष विष्णु थापाले बताए।
 |  बिहीबार, असार ३०, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३०, २०७९

बागलुङ- गलकोट नगरपालिका–७ मल्मस्थित राम्चेढुंगालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारिएको छ। चालु आवमा वडाले दिएको रु तीन लाख बजेटबाट ‘डीपीआर’ बनाइएको राम्चेढुंगा पर्यटन विकास केन्द्रले जनाएको छ। ‘पायोनियर आर्किटेक्ट एण्ड कन्सल्टिङ इञ्जिनीयर्स’ले ‘डीपीआर’ निर्माण गरेको केन्द्रका अध्यक्ष विष्णु थापाले बताए।

triton college

'डीपीआरमा रु १६ करोडको लागत अनुमान छ, त्यो बढेर २० करोडसम्म पुग्न सक्छ,' उनले भने, 'अब लगानीका स्रोत जुटाएर पूर्वाधार निर्माणका कामलाई अगाडि बढाउँछौँ।' ‘डीपीआर’मा राष्ट्रिय विभूति उद्यानदेखि मन्दिर निर्माणसम्मका योजना समेटिएका छन्। अध्यक्ष थापाका अनुसार १७ रोपनी क्षेत्रफलमा संरचना बनाइनेछ। 

'सबै राष्ट्रिय विभूतिका सालिक राखेर त्यसलाई उद्यानमा रुपमा विकास गर्ने योजना छ,' उनले भने, 'मनकामना मन्दिर, फोहोरासहितका पोखरी, कटेज, हेलिप्याडलगायत संरचना बन्छन्।' अध्यक्ष थापाले टुक्रे योजना र बजेटले राम्चेढुंगाको पर्यटन विकासमा अपेक्षित उपलब्धि हासिल हुने नदेखिएपछि ‘डीपीआर’मार्फत काम अघि बढाउन लागिएको बताए। 

पर्यटकीय सम्भावना बोकेर पनि पूर्वाधार र प्रचारप्रसार अभावमा राम्चेढुंगा ओझेलमा छ। पछिल्लो समय केन्द्र र स्थानीयको सक्रियतामा राम्चेढुंगा विस्तारै गन्तव्यस्थलका रुपमा उजागर भइरहेको छ। यसअघि गलकोट नगरपालिकाको रु १० लाख बजेटबाट सडक, पदमार्ग, खेल मैदान, वनभोजस्थल, शौचालय, घेराबारलगायतका काम गरिएको थियो।

गण्डकी प्रदेशको पर्यटन मन्त्रालयबाट विनियोजित रु ११ लाख बजेटबाट सांस्कृतिक सङ्ग्रहालय भवन पनि बनेको छ। ‘डीपीआर’मार्फत राम्चेढुंगाको दिगो र व्यवस्थित विकास अघि बढेमा जनस्तरबाट पनि सहयोग जुट्नेमा केन्द्र विश्वस्त छ। 

Metro Mart
vianet

केही प्रवासी नेपाली पनि लगानीका लागि इच्छुक देखिएका छन्। मनोरम भू–वनोट, प्राकृतिक वातावरण र हिमशृङ्खला अवलोकन त्यहाँको मुख्य आकर्षण हो। गाउँको उत्पादन, कला र संस्कृतिले पनि राम्चेढुंगा पुग्ने आगन्तुकलाई लोभ्याउँछ। 

समुन्द्री सतहदेखि एक हजार ९०० मिटर उचाइमा अवस्थित राम्चेढुंगा ‘प्याराग्लाइडिङ’का लागि पनि उपयुक्त मानिएको छ। वडा कार्यालयको पहलमा तीन वर्षअघि ‘प्याराग्लाइडिङ’को सफल परीक्षण उडान गरिएको थियो। राम्चेढुंगा नजिकको गाउँ टोक्रीमा सामुदायिक घरबास (होमस्टे) सञ्चालनको लागिसमेत पहल अघि बढाइएको छ।

वडाध्यक्ष राजबहादुर थापाले राम्चेढुंगाको विकासमा पहिले स्थानीय नै कस्सिनुपर्ने धारणा राखे। 'पर्यटनमा सबैको हातेमालो चाहिन्छ, राज्यका निकायले पनि लगानी बढाउनुपर्छ,' उनले भने, 'डीपीआरमा टेकेर पर्यटकीय पूर्वाधार खडा गरेमा राम्चेढुंगा जिल्लाकै आकर्षक गन्तव्यस्थल बन्छ।' उनले ‘डीपीआर’ कार्यान्वयनका लागि आर्थिक स्रोतको जोहो नै मुख्य चुनौती रहेको भन्दै वडाका तर्फबाट लगानी भित्र्याउन पहल गरिने प्रतिबद्धता जनाए। 

यसै पनि गलकोट र आसपासका आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको राम्चेढुंगालाई बृहत्तर विकास गरी देशमै चिनाउने लक्ष्य केन्द्रले लिएको छ। राम्चेढुंगालाई पर्यटकीय लेक घुम्टेसँग जोड्ने गरी पदमार्ग पनि बनिरहेको छ। एकीकृत पर्यटन विकास योजनाले राम्चेढुंगाको मुहार फेरिनेमा स्थानीय आशावादी छन्। मध्यपहाडी पुष्पलाल लोकमार्गबाट पाँच किमी कच्ची सडकको मोटर यात्रामा राम्चेढुंगा पुग्न सकिन्छ। पैदलयात्रा गर्न रुचाउनले एक घण्टामा गन्तव्यस्थल पुग्न सक्छन्। 

त्यहाँ पुग्दा देखिने अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङ्खलाले पर्यटकलाई आकर्षित गर्छ। गलकोट उपत्यका पनि राम्चेढुंगाबाट मनमोहक देखिन्छ। राम्चेढुंगा पुग्दा आसपासमा पर्ने गलकोट दरबार, गाईघाट झरना, खुला आधुनिक मूर्तिकला सङ्ग्रहालय लगायतलाई पनि गन्तव्य बनाउन सकिन्छ।

प्रकाशित: Jul 14, 2022| 22:50 बिहीबार, असार ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।