सोमबार, साउन १८, २०८३

नेपाल सरकारका सचिवले भने - थुइक्क जागिर

नेपाल सरकारका एक जना सचिवले सरकारी जागिरप्रति आक्रोश व्यक्त गरेका छन्। उनले सामाजिक सञ्‍जालमा फेसबुक स्टाटस लेख्दै सरकारी जागिर न छोड्न सकिने न राम्ररी काम गर्न सकिने भन्दै 'थुइक्क जागिर' भनेका छन्।
 |  बिहीबार, असार ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३०, २०७९

काठमाडौं- नेपाल सरकारका एक जना सचिवले सरकारी जागिरप्रति आक्रोश व्यक्त गरेका छन्। उनले सामाजिक सञ्‍जालमा फेसबुक स्टाटस लेख्दै सरकारी जागिर न छोड्न सकिने न राम्ररी काम गर्न सकिने भन्दै 'थुइक्क जागिर' भनेका छन्। 

सार्वजनिक खरिद अनुगमन कार्यालयमा कार्यरत सचिव मधुसुदन बुर्लाकोटीले अर्थले बजेट नदिएको र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी नदिएकोप्रति उनले आक्रोश पोखेका हुन्।

सामाजिक सञ्‍जालमार्फत उनले भनेका छन्, 'अर्थमा बजेट माग्दा  पैसा निकालेर बाउको लंगौटी, आमा र बुढीको धोती र बच्चाको नाना किन्ला जस्तो गर्छन्। सामान्यमा कर्मचारी माग्यो घरमा लगेर काम लगाउँछन् जस्तो गर्छन्। थुइक्क जागिर न छोड्न सकिने न राम्ररी तोकिएको काम गर्न सकिने। जय होस्।'

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहने गरी सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिदसम्बन्धी कार्यविधि, प्रक्रिया तथा निर्णयलाई अझ बढी खुला, पारदर्शी, वस्तुनिष्ठ र विश्वसनीय बनाउने तथा सार्वजनिक खरिद प्रक्रियामा प्रतिस्पर्धा, स्वच्छता, इमान्दारिता, जवाफदेहीता र विश्वसनियता प्रबर्द्धन गर्ने काम गर्छ। यस कार्यालयमा स्थायी तथा करार सेवामा कार्यरत समेत गरी कूल ४८ जना कर्मचारीको दरबन्दी रहेको छ।

सचिव बुर्लाकोटीले कम्युटर इन्जिनियर कम हुँदा काममा बाधा पुगेको बताएका छन्। उनका अनुसार अहिले दरबन्दी कम्प्यूटर इन्जिनियर -३ र कम्प्यूटर अधिकृत -१ भए पनि कार्यरत रहेका कम्युटर इन्जिनियरको संख्या जम्मा एक मात्र रहेको छ। 


 

प्रकाशित: Jul 14, 2022| 19:57 बिहीबार, असार ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।