चितवन- चितवनको भरतपुर महानगरपालिका-१ मा एक पुरुषको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार प्राकृतिक योग चिकित्सालय, बागेश्वरीको बन्दै गरेको पर्खालको बाहिर अन्दाजी ४० वर्षीय पुरुषको शव भेटिएको हो।
चितवन प्रहरी प्रवक्ता नरहरी अधिकारीका अनुसार शवको सनाखत हुन सकेको छैन। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको अधिकारीले जानकारी दिए।
शव पोस्टमार्टमका लागि भरतपुर अस्पताल पठाइएको छ।