सोमबार, जेठ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ई-स्पोर्ट्स विकास रकमबारे बोले बालेन- कानुनअनुसार बजेट कार्यान्वयन हुन्छ

ई-स्पोर्ट्स विकास रकमबारे बोले बालेन- कानुनअनुसार बजेट कार्यान्वयन हुन्छ

ई-स्पोर्ट्सको विकासका लागि भन्दै एक करोड रुपैयाँ बजेट विनियोजन भएको विषयमा काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले प्रष्टीकरण दिएका छन्।
 |  बिहीबार, असार ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३०, २०७९

काठमाडौं- ई-स्पोर्ट्सको विकासका लागि भन्दै एक करोड रुपैयाँ बजेट विनियोजन भएको विषयमा काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले प्रष्टीकरण दिएका छन्। फेसबुकमा स्टाटस लेख्दै उनले विनियोजित रकम कुनै अमूक खेल वा संस्थाका लागि नभएको समेत उल्लेख गरेका छन्। 

National life

ई-स्पोर्ट्स व्यवस्थित र सिर्जनशील बनाउन महानगरले बजेट छुट्याएको उनको भनाइ छ। कानूनले तोकेबमोजिमको प्रक्रिया अपनाएर पारदर्शी रूपमा बजेटको कार्यान्वयन हुने उनको दाबी छ। 

उनले पत्रकारिताको मर्यादाभित्र रहेर समाचार लेख्न पनि सम्झाएका छन्। 'अतिरञ्जित र अनैतिक रुपमा मेरो नाम जोडिएका समाचारहरुको खण्डन गर्दै पत्रकारिताको मर्यादाभित्र बसेर आफ्नो कार्य गर्न, गराउन अनुरोध गर्दछु,' बालेन्द्रले फेसबुकमा लेखेका छन्।

बालेन्द्रको स्टाटस

सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरुमा उठेको प्रसंगका विषयमा ध्यानाकर्षण भएको छ।

ई-स्पोर्टसका लागि छुट्याइएको बजेट कुनै अमुक संस्था वा खेलका लागि होइन। आधुनिक विश्वमा ई-स्पोर्टस खर्बौंको आर्थिक योगदान गर्ने विधा हो। नेपालमा पनि यसको व्यवसायिक पाटो बढ्दैछ भने यही वर्ष हुने एसियाली खेलमा ई-स्पोर्टस पनि समावेश हुनेछ र योग्य रहेमा नेपाली ई-स्पोर्टसका खेलाडीहरुले पनि सहभागी भएर राष्ट्रको गरिमा बढाउन सक्नेछन्। यसलाई व्यवस्थित र सिर्जनशील बनाउनका लागि महानगरले बजेट छुट्याएको हो।

कानूनले तोकिएबमोजिमको प्रक्रिया अपनाएर पारदर्शी किसिमले बजेट कार्यान्वयन हुनेछ। फलानो संस्था वा फलानो खेलका लागि सुनिश्चित गर्ने जस्ता गैरकानुनी र अनैतिक कार्यमा महानगर सामेल हुनेछैन।

साथसाथै यो विषयलाई लिएर अतिरञ्जित र अनैतिक रुपमा मेरो नाम जोडिएका समाचारहरुको खण्डन गर्दै पत्रकारिताको मर्यादाभित्र बसेर आफ्नो कार्य गर्न, गराउन अनुरोध गर्दछु।

प्रकाशित: Jul 14, 2022| 16:33 बिहीबार, असार ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।