धनगढी- सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्ण मल्लको राजीनामा प्रदेश सभाले स्वीकृत गरेको छ। सभामुख अर्जुनबहादुर थापाले बुधबार उनको राजीमाना स्कीकृत गरेका हुन्।
उनी आवद्ध पार्टी नेपाली कांग्रेसले साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेपछि असार १३ गते मल्लले पदबाट राजीनामा दिएको पत्र प्रदेश सभामा पठाएका थिए। बुधबार सोही पत्र प्रदेश सभामा पढेर सुनाउँदै सभामुख थापाले उनी पदमुक्त भएको घोषणा गरेका हुन्।
उनी २०७४ सालको निर्वाचनमा डडेल्धुराबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए। वैशाख १३ गते विधान विपरीतका गतिविधि गरेको भन्दै कांग्रेसले मल्ललाई कारबाही गरेको थियो।