बुधबार, कात्तिक १९, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • मोबाइल चोरीको आरोपमा पक्राउ परेका प्यारेको साथबाट ८० राउण्ड गोली बरामद

मोबाइल चोरीको आरोपमा पक्राउ परेका प्यारेको साथबाट ८० राउण्ड गोली बरामद

झापाको भद्रपुर नगरपालिकाबाट पेस्तोलमा लाग्‍ने ८० राउण्ड गोलीसहित एक जना पक्राउ परेका छन्।
 |  बुधबार, असार २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार २९, २०७९

झापा- झापाको भद्रपुर नगरपालिकाबाट पेस्तोलमा लाग्‍ने ८० राउण्ड गोलीसहित एक जना पक्राउ परेका छन्। मंगलबार राति मोबाइल चोरीको अभियोगमा पक्राउ परेका भद्रपुर–५ का १८ वर्षीय मोहम्मद प्यारेको साथबाट मोबाइलसँगै पेस्तोल लाग्‍ने ८० राउण्ड गोलीसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

Kumaribank

गत असार २४ गते राति भद्रपुरस्थित राजु अग्रवालले सञ्चालन गर्दै आएको प्रियङ्का मोबाइल पसलबाट विभिन्न कम्पनीका मोबाइल २९ थान,  घडी दुई थान र नगद रु ६१ हजार ५०० गरी रू पाँच लाख १८ हजार २०० बराबरको चोरीको भएको थियो।

उक्त चोरी भएको उजुरीका आधारमा चोरीमा संग्लग्न व्यक्तिको खोजीका क्रममा मङ्गलबार राति अभियुक्त प्यारेलाई पक्राउ गरिएको कार्यालयले जनाएको छ। उनलाई सोधपुछ र अनुसन्धान गर्ने क्रममा चोरी भएकामध्ये एक थान मोबाइल, मोबाइलको चार्जर २७ थान र प्यारेको घरबाट ८० राउण्ड पेस्तोलको गोली बरामद भएको हो।

उनले सटर फुटाउन प्रयोग गरेको रड र पसलमा लगाएको तोडिएको ताला समेत बरामद गरिएको र घटाना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रकाशित: Jul 13, 2022| 22:25 बुधबार, असार २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।