शुक्रबार, मंसिर १२, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • मानवअधिकार एलायन्सद्वारा महिला हिंसा र भ्रष्टाचारबारे सरकारको ध्यानाकर्षण

मानवअधिकार एलायन्सद्वारा महिला हिंसा र भ्रष्टाचारबारे सरकारको ध्यानाकर्षण

ज्ञापनपत्रमा संक्रमणकालीन न्याय, महिला तथा बालबालिकाविरुद्ध बढ्दै गएको हत्याहिंसा, विभिन्न क्षेत्रमा बढ्दै गएको बेथिति, स्वास्थ्य तथा सामाजिक सुरक्षा र शिक्षाका विषयमा सरकारको ध्यानाकर्षण गराइएको अध्यक्ष घिमिरेले जानकारी दिए।
 |  बुधबार, असार २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार २९, २०७९

National life
Laxmi sunrise bank
kumari

बुटवल- मानवअधिकार एलायन्स रुपन्देहीले  लुम्बिनी प्रदेश सरकारलाई ध्यानाकर्षण गराएको छ। रुपन्देहीमा बढ्दै गएका महिला हिंसा, विभिन्‍न क्षेत्रमा भएका भ्रष्टाचार तथा अनियमिततालगायतका विषयमा  बुधबार प्रदेश सरकारका प्रमुख सचिव डिल्लीराज शर्मालाई एलायन्सको तर्फबाट ११ बुँदे ध्यानाकर्षण पत्र बुझाइएको  हो। मन्चका केन्द्रीय उपाध्यक्ष सुमित्रा शर्मासहितका रुपन्देहीमा क्रियाशील दुई दर्जन संस्थाका प्रतिनिधिहरुले हस्ताक्षर गरेको  जिल्ला अध्यक्ष दामोदर घिमिरेले जानकारी दिए। 

ज्ञापनपत्रमा संक्रमणकालीन न्याय, महिला तथा बालबालिकाविरुद्ध बढ्दै गएको हत्याहिंसा, विभिन्न क्षेत्रमा बढ्दै गएको बेथिति, स्वास्थ्य तथा सामाजिक सुरक्षा र शिक्षाका विषयमा सरकारको ध्यानाकर्षण गराइएको अध्यक्ष घिमिरेले जानकारी दिए।

मुख्यसचिव शर्मालाई ज्ञापनपत्र बुझाउँदै एलायन्सका उपाध्यक्ष शर्माले मानवअधिकारका विषयमा सरकारले गम्भीर चासो दिनुपर्ने अवस्था आएको बताइन। उनले सबै सरोकारवाला संस्थाको आवाजलाई सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको बताइन्। 


प्रकाशित: Jul 13, 2022| 19:10 बुधबार, असार २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।