बुधबार, कात्तिक ७, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

मिथिलामा गुरु पूर्णिमा मनाइँदै

हाल मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा गुरुप्रति विशेष श्रद्धाभावले यो पर्व मनाइँदैछ।
 |  बुधबार, असार २९, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, असार २९, २०७९

महोत्तरी- हिन्दू परम्पराका अनुयायी मैथिल (मिथिलाका बासिन्दा) बुधबार गुरु पूर्णिमा मनाउँदैछन्। हाल मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा गुरुप्रति विशेष श्रद्धाभावले यो पर्व मनाइँदैछ। 

triton college

असार  पूर्णिमाका दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा मनाउने हिन्दू परम्परा छ। यस पर्वमा गुरुप्रति कृतज्ञता व्यक्त गर्दै नयाँ वस्त्रआभूषण फेराउने र मिष्ठान्न भोजन गराउने मैथिल परम्परा छ।

पर्वविशेषले मिथिलाक्षेत्रमा आज बजारमा चहलपहल ह्वात्तै बढेको छ। गुरुका लागि वस्त्र, मिष्ठान्न परिकार र फलफूल किन्नेको बजारमा भिड छ। धार्मिक मठमा प्रवचन र गुरुपूजासहितका कार्यक्रम आयोजन गरिएका छन्। 

संस्कृत भाषामा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ। ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रमा उल्लेख गरिएको हुँदा पूर्वीय परम्परामा यस पर्वको महत्व निकै रहेको महोत्तरीको मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक ईश्वरी पौडेल बताउँछन्।

अज्ञानता रुपी अन्धकारको नाश गरी जीवनमा ज्ञानको ज्योति दिने, फैलाउने  व्यक्तिलाई नै ‘गुरु’ भनिन्छ। यस्ता गुरुलाई पूर्वीय दर्शन र शास्त्रले  ब्रह्मा, विष्णु र महेश्वरसहितका त्रीदेवका रुपमा मानेको मटिहानीकै याज्ञवल्क्य लक्ष्मीनारायण संस्कृत क्याम्पसका भाषा साहित्यका सहपप्राध्यापक ध्रुव राय बताउँछन्।

Metro Mart
vianet

‘गुरुबह्मा  गुरुर्विष्णु  गुरुर्देवो  महेश्वरः।

गुरुः साक्षात् परबह्म तस्मै श्रीगुरवे नमः।।’

विभिन्न शास्त्रमा गुरुलाई त्रिदेव मानिएको यो प्रसङ्ग पनि सहप्राध्यापक रायले स्मरण गरे। पूर्वीय दर्शन परम्पराका स्थापित धर्मग्रन्थ वेद, पुराण, उपनिषद, रामायण र महाभारतसहित महाकाव्यका रचयिता महामुनि कृष्ण द्वैपायन (वेदब्यास) को जन्म दिन असार पूर्णिमा नै मानिएको हुँदा उहाँप्रतिको सम्मानभावबाट नै  हिन्दू परम्परामा यो पर्वको परम्परा बसेको रायको भनाइ छ।

माता–पिताजस्तै गुरुलाई पनि देवता समान मानेर ‘आचार्यदेवो भव’ भनिने हिन्दू वैदिक परम्परा छ। पर्वले गुरुप्रति अहोेभाव (कृतज्ञता) ब्यक्त गर्न सिकाएको छ।

श्रेष्ठजनको सम्मान गर्ने शिष्टता र नैतिक आचरण एवं कृतज्ञताभाव बढाउने हुँदा पर्वले सामाजिक, सांस्कृतिक र पारम्परिक दायित्व र यसको महत्व अझ उज्यालो बनाउने बर्दिवास जनता बहुमुखी क्याम्पसका प्रचार्य तोपबहादुर ठकुरीको भनाइ छ।    -रासस

प्रकाशित: Jul 13, 2022| 08:12 बुधबार, असार २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।