बुधबार, फागुन २०, २०८२

श्रीलंकाका राष्ट्रपतिले सैन्य विमान चढेर देश छोडे

श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले देश छोडेका छन्। कार्यालय र निवास समेत सर्वसाधारणले कब्जामा लिएपछि श्रीलंकामै लुकेर बसिरहेका राष्ट्रपति राजापाक्षे गएराति सैन्य विमान चढेर मुलुक छोडेका हुन्।
 |  बुधबार, असार २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार २९, २०७९

काठमाडौं- श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले देश छोडेका छन्। कार्यालय र निवास समेत सर्वसाधारणले कब्जामा लिएपछि श्रीलंकामै लुकेर बसिरहेका राष्ट्रपति राजापाक्षे गएराति सैन्य विमान चढेर मुलुक छोडेका हुन्।

बीबीसीका अनुसार उनी देश छोडेर माल्दिभ्स पुगेका छन्। ७३ वर्षीय राजपाक्षे स्थानीय समय अनुसार बिहान ३ बजे माल्दिभ्सको राजधानी माले पुगेका छन्।

शनिबार उनको निवासमा भीडले आक्रमण गरेको थियो। त्यसपछि उनी लुकेर बसिरहेका थिए।

राजापाक्षे परिवारको सत्ता महत्वाकांक्षा र कुशासनका कारण मुलुक आर्थिक टाट पल्टेपछि सरकारविरुद्ध सर्वसाधारण सडकमा उत्रेका छन्।

श्रीलंकामा अहिलेको अवस्था आउनुमा राजापाक्षे परिवारको मुख्य भूमिका रहेको भन्दै नागरिकमा उनीहरूप्रति तीव्र आक्रोश रहेको छ।

kumari

राजपाक्षको बहिर्गमनसँगै श्रीलंकामा एक दशकभन्दा लामो समयदेखिको एक परिवारको शासनको  अन्त्य भएको छ। 

यसअघि राष्ट्रपति राजापाक्षेले आज पदबाट राजीनामा दिने बताएका थिए। यो सँगै श्रीलंकामा आगामी जुलाई ३० मा नयाँ राष्ट्रपति चुनिने भएका छन्। 

सोमबार त्यहाँका सहरी विकास तथा आवासमन्त्री प्रसन्न रानातुंगाले जुलाई २० मा नयाँ राष्ट्रपति चुनिने जानकारी दिएका थिए।

प्रकाशित: Jul 13, 2022| 07:39 बुधबार, असार २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।