सोमबार, जेठ ४, २०८३

रुपन्देहीमा तीन बालबालिकाको डुबेर मृत्यु

लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा मंगलबार मात्रै तीन जना बालबालिकाको पानीमा डुबेर मृत्यु भएको छ।
 |  बुधबार, असार २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार २९, २०७९

रुपन्देही- लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा मंगलबार मात्रै तीन जना बालबालिकाको पानीमा डुबेर मृत्यु भएको छ।  

National life

रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका-५ पिपरहवा बस्ने फलउदिन ईनरियाकी छोरी पाँच वर्षीया मुस्कान खातुन र सोही ठाउँ बस्ने मोहागुल्लाह ईनरियाकी छोरी ३ वर्षीया जयनम ईनरियाको पानीमा डुबेर मृत्यु भएको हो।

उनीहरू खेल्ने क्रममा घरबाट १ सय ५० मिटर टाढा रहेको माछा पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

त्यस्तै रुपन्देहीकै  समरीमाई गाउँपालिका-५ दुबेथुमिवा बस्ने रोहित चाईकी छोरी ३ वर्षीया सिर्जना चाई सोही ठाउँ स्थित तिनाउ नदीमा मृत अवस्थामा फेला परेकी छन्।

बुबाआमा खेतमा गएको बेला उनको नदीमा डुबेर मृत्यु भएको अवस्थामा उनको शव फेला परेको प्रहरीको भनाइ छ।

प्रकाशित: Jul 13, 2022| 06:40 बुधबार, असार २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।