महोत्तरी- महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–१ धिरापुरस्थित विग्ही नदीको छेऊमा मंगलबार दिउँसो आधा जलेको अवस्थामा एक महिलाको शव बरामद भएको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाद पङ्गेनीका अनुसार नाम, थर, वतन नखुलेको अन्दाजी वर्ष २५ की महिलाको शव अर्धरूपमा जलेको अवस्थामा बरामद भएको हो।
महिलाको अनुहारलगायतका अधिकांश भाग जलेर चिन्न नसक्ने अवस्थामा शव बरामद भएको छ। उक्त शव कसको रहेको, कसैले हत्या गरेको वा कुन कारण अर्धरूपमा जलाएर छोडेको बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।