बुधबार, फागुन २०, २०८२

जापानका पूर्वप्रधानमन्त्री आबेको अन्त्येष्टि

जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको मङ्गलबार अन्त्येष्टि गरिएको छ। शुक्रबार चुनावी सभामा भाषण गरिरहेका बेला एक व्यक्तिले गोली प्रहार गरेपछि सोही दिन मृत्यु भएका उनको मंगलबार मात्र अन्त्येष्टि गरिएको हो।
 |  मंगलबार, असार २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार २८, २०७९

टोकियो- जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको मङ्गलबार अन्त्येष्टि गरिएको छ। शुक्रबार चुनावी सभामा भाषण गरिरहेका बेला एक व्यक्तिले गोली प्रहार गरेपछि सोही दिन मृत्यु भएका उनको मंगलबार मात्र अन्त्येष्टि गरिएको हो। 

सन् १९५४ मा जन्मिएका आबेको टोकियो टावरस्थित जोजोजी मन्दिरमा अन्त्येष्टि भयो। अन्त्येष्टिका क्रममा उनकी श्रीमती अकी, जापानका प्रधानमन्त्री फुमियो किसिदा, सांसद र विदेशी प्रतिनिधि तथा व्यवसायिक अगुवालगायत सहभागी थिए। 

देशको पश्चिमी क्षेत्रमा पर्ने नारा भन्ने सहरमा चुनावी मन्तव्य दिइरहेका बेला उनको हत्या भएको हो। लिबरल डेमोक्रेटिक पार्टीका शीर्ष नेता समेत रहेका आबेले आफ्नो पार्टीलाई जिताउनका लागि चुनावी सभाहरूमा सम्बोधन गर्दै आएका थिए। आबेको निधन भएपनि पूर्व निर्धारित निर्वाचन भने गत आइतबार नै भएको छ।

आबले आफ्नो कार्यकाल बाँकी रहँदै राजीनामा दिएका थिए। आफ्नो अस्वस्थताका कारण पर्याप्त काम गर्न नसकेको भन्दै उनले राजीनामा दिएका थिए। 

सन् १९९३ देखि निरन्तर ९ पटक सांसद भएका उनले पार्टीमा सामाजिक मामिला विभागको निर्देशक र महासचिवको जिम्मेवारी निर्वाह गरेका थिए। मन्त्रिपरिषद्को उप प्रमुख सचिव र प्रमुख सचिव भएरसमेत उनले काम गरेका थिए। मन्त्रिपरिषद्‌मा भने २००५ मा उनले पहिलो पटक सहभागी हुने मौका पाएका थिए। 

kumari

 पहिलो पटक सन् २००६ मा उनी प्रधानमन्त्रीमा निर्वाचित भएका थिए। त्यति बेला उनी जापानकै सबैभन्दा कम उमेरका प्रधानमन्त्री बनेका थिए। अस्वस्थताका कारण त्यो कार्यकाल उनको २००७ सम्म मात्रै रह्यो। त्यतिबेला उनलाई आन्द्राको समस्या थियो। त्यसपछि निको भएर फेरि राजनीतिमा फर्किएका उनले आफ्नो पार्टीलाई अत्यधिक मतका साथ विजयी गराएपछि सन् २०१२ देखि २०२० सम्म निरन्तर जापानको प्रधानमन्त्री बनेका थिए। 

पछिल्लो पटक पनि कार्यकाल बाँकी रहेकै बेला अस्वस्थताका कारण सन् २०२० को अगस्ट २४ मा प्रधानमन्त्री पदबाट स्वेच्छाले राजीनामा दिएका थिए। आबेले आफ्ना विश्वास पात्र तथा निकटतम सहयोगी योशिहिदे सुगालाई आफ्नो उत्तराधिकारी बनाएका थिए। 

गोली प्रहार गरेको व्यक्तिलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। ४१ वर्षका ती व्यक्तिले घरेलु बन्दुक प्रयोग गरेको पाइएको छ। 

प्रकाशित: Jul 12, 2022| 21:13 मंगलबार, असार २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।