भरतपुर- चितवनमा यौन हिंसाविरुद्ध प्रर्दशन भएको छ। भरतपुरको चौबिसकोठीमा चितवनका स्वतन्त्र युवाले यौन हिंसाविरुद्ध मंगलबार प्रर्दशन गरेका हुन्।
प्रर्दशनमा सहभागीले ‘सर्भाइभर (पीडित)लाई विश्वास गरौँ,' ‘यौन हिंसा आरोपीलाई बहिष्कार गरौँ’, ‘महिला हिंसाका घटना बाहिर ल्याउन साहस गर्नुहुने प्रत्येक महिलालाई सलाम’ लगायतका नारा लेखिएका पम्पलेट प्रर्दशन गरेका थिए।
महिला हिंसा विरुद्धको प्रर्दशनी कार्यक्रममा बोल्दै सामाजिक अभियन्ता डा सुवास बस्नेत, महिला अधिकारकर्मी मीना खरेल र लेखक तथा अधिकारकर्मी सावित्री गौतमले यौन दुर्व्यवहार घटना बाहिर ल्याउन अझै पनि कठिन रहेको उल्लेख गरे। वक्ताहरुले समाजमा यौन दुर्व्यवहारका घटना फैलिएको भन्दै महिला हिंसाका घटना बाहिर ल्याउनु आवश्यकता रहेको उनले बताए।
यौन हिंसाका घटना बाहिरिएपछि सबैभन्दा पहिला पीडितमाथि विश्वास गर्नु महत्त्वपूर्ण पाटो रहेको उनीहरुको भनाइ थियो।