सोमबार, जेठ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • यस्तो छ स्थानीय सरकार सफल बनाउने अस्ट्रेलियन राजदूत भोल्‍कको सूत्र

यस्तो छ स्थानीय सरकार सफल बनाउने अस्ट्रेलियन राजदूत भोल्‍कको सूत्र

नेपालका लागि अष्ट्रेलियालियन राजदूत फेलिसिटी भोल्कले स्थानीय सरकारको सफलतामा महिलाको सक्षमता जोडिने बताएकी छन्। उनले महिलालाई सक्षम बनाई आत्मनिर्भरतातर्फ उन्मुख गराउन सकेमात्रै स्थानीय सरकारको सफलता हुने बताएकी हुन्।
 |  मंगलबार, असार २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार २८, २०७९

काठमाडौं- नेपालका लागि अष्ट्रेलियालियन राजदूत फेलिसिटी भोल्कले स्थानीय सरकारको सफलतामा महिलाको सक्षमता जोडिने बताएकी  छन्। उनले महिलालाई सक्षम बनाई आत्मनिर्भरतातर्फ उन्मुख गराउन सकेमात्रै स्थानीय सरकारको सफलता हुने बताएकी हुन्। 

National life

स्याङ्जाको वालिङ नगरपालिकाले मंगलबार आयोजना गरेको कार्यक्रममा  राजदूत भोल्कले महिलालाई सक्षम बनाउने खालका कार्यक्रम अगाडि सारेर आर्थिक उपार्जनसँगै आत्मनिर्भरतातर्फ जोड्नुपर्ने उल्लेख गरिन्। अष्ट्रेलिया सरकारले नेपालका विभिन्‍न स्थानीय तहसँगको सहकार्यमा सञ्‍चालित कार्यक्रम सफल हुँदै गएको उनको भनाइ थियो। आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिँदै जाने राजदूत भोल्कले धारणा व्यक्त गरिन्।

नागरिकलाई समृद्ध बनाउन विचार तथा कार्यगत योजनाको एकापसमा अनुभव तर सिकाइ आदानप्रदान हुन आवश्यक रहेको राजदूत भोल्कले बताउनुभयो । नेपालका स्थानीय तहले गरेका असल अभ्यासलाई अष्ट्रेलियामा र उताका अभ्यासलाई नेपालमा लागू गर्न सकिने उनको धारणा थियो।

वालिङ नगरपालिका र अष्ट्रेलियाका स्थानीय तहसँग भगिनी सम्बन्ध स्थापित गरी निरन्तर सिकाइ अभ्यास आदान प्रदानका लागि वालिङ नगरपालिका तयार रहेको उपप्रमुख कविता तिवारी गैह्रेले बताइन्। राजदूत भोल्कले वालिङ नगरपालिकाले सञ्चालन गरेको इनोभेशन सेन्टर, सरसफाइ केन्द्रलगायतको अवलोकन गर्नुभएको प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले जानकारी दिइन्। 

प्रकाशित: Jul 12, 2022| 19:53 मंगलबार, असार २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।