आइतबार, असोज ४, २०८३

रोनाल्डोको डेब्यु खेलमा युभेन्ट्सको संघर्षपुर्ण जित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

इटाली- इटालियन सिरी ए फुटबलअन्तर्गत नयाँ सिजनको पहिलो खेलमा साबिकको विजेता युभेन्ट्सले संघर्षपुर्ण जित निकालेको छ। 

शनिबार राति भएको खेलमा किएभो भेरोनालाई ३-२ गोल अन्तरले पराजित गर्दै युभेन्ट्सले सिजनको पहिलो खेलमा संघर्षपुर्ण जित निकालेको हो। 

भेरोनाको मैदानमा भएको खेलमा युभेन्ट्सलाई जित दिलाउन सामी खेडिरा र फेड्रिको बर्नार्डडेस्चीले एक एक गोल गरे। युभेन्ट्सले एक आत्मघाती गोल उपहार पायो। भेरोनाका माटिया बानीले एक आत्मघाती गोल गरे। यस्तै भेरोनाका मारीउस्ज स्टेपिन्सकी र इमानुएल गिअचेर्नीले एक एक गोल फर्काए। 

पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले यसै खेलबाट युभेन्ट्स र सिरी ए फुटबलमा डेब्यु गरेका छन्।  युभेन्ट्सले यसै सिजन स्पेनिस क्लब रियल मड्रिडबाट रोनाल्डोलाई क्लबमा भित्र्याएको हो । रोनाल्डोले डेब्यु खेलमा गोल भने गर्न सकेनन्। केहि गोलको अवसर पाएपनि रोनाल्डोले सदुपयोग गर्न सकेनन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।