आइतबार, कात्तिक ९, २०८२

गणपूरक संख्या नपुगेपछि सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित

बिहान ११ बजे बोलाइएको बैठक एक घण्टा ढिलो गरेर १२ बजे बसे पनि गणपूरक संख्या नपुगेको भन्दै सभामुख अर्जुनबहादुर थापाले बैठक स्थगित गरेका हुन्।
 |  मंगलबार, असार २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार २८, २०७९

धनगढी- बजेटमाथि छलफल गर्न बोलाइएको सुदूरपश्चिम प्रदेशसभाको बैठक गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ।

Kumaribank

बिहान ११ बजे बोलाइएको बैठक एक घण्टा ढिलो गरेर १२ बजे बसे पनि गणपूरक संख्या नपुगेको भन्दै सभामुख अर्जुनबहादुर थापाले बैठक स्थगित गरेका हुन्।

अर्को बैठक आजै दिउँसो ३ बजेका लागि बोलाइएको छ। प्रदेशसभा सचिवालयका अनुसार बैठक सञ्चालन गर्न १४ जना सांसदको उपस्थिति हुनुपर्नेमा बैठकमा १३ जना मात्र उपस्थित थिए।

सुदूरपश्चिममा सत्तारूढ दल नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका गरेर ३७ जना प्रदेशसभा सदस्य छन्। 

असार १ गते प्रदेश सभामा प्रस्तुत गरेको बजेट संशोधन गर्नुपर्ने माग सत्तारूढ दलकै प्रदेशसभा सदस्यहरूले गरेका छन्। बजेट संशोधन नभए बैठक चल्न नदिने अडानकै कारण अहिलेसम्म बैठक बस्न सकेको छैन।

Metro Mart

प्रकाशित: Jul 12, 2022| 14:00 मंगलबार, असार २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।