सोमबार, जेठ ४, २०८३

डुम्रे-बेँसीसहर सडक ८ घण्टापछि सञ्चालनमा

गएरातिको वर्षाले यस सडकअन्तर्गत बेँसीशहर नगरपालिका–१ उदिपुरको देउराली डाँडा पहिराले आज बिहानैदेखि अवरुद्ध बनेकोमा सवा १२ बजेदेखि सञ्चालनमा आएको हो।
 |  मंगलबार, असार २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार २८, २०७९

लमजुङ- बाढीपहिराले अवरुद्ध बनाएको करिब ८ घण्टापछि डुम्रे बेँसीशहर सडकखण्ड सञ्चालनमा आएको छ।

National life

गएरातिको वर्षाले यस सडकअन्तर्गत बेँसीशहर नगरपालिका–१ उदिपुरको देउराली डाँडा पहिराले आज बिहानैदेखि अवरुद्ध बनेकोमा सवा १२ बजेदेखि सञ्चालनमा आएको हो। डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालय लमजुङका प्रमुख अच्युतविलास पन्तका अनुसार माथिबाट लेदो आएर सडक अवरुद्ध बनेको भागको अवरोध हटाएसँगै पुनःसवारी सञ्चालनमा आएको हो।

गतवर्ष र केही हप्ता अघि गएको बाढीले डुम्रे बेँसीसहरको देउराली डाँडाको सडक नै बगाएपछि उक्त स्थानबाट वैकल्पिक सडकको रुपमा सञ्चालन हुँदै आएको छ।

उक्त योजना कार्यालयका प्रमुख पन्तले भने, ‘वैकल्पिक रुपमा सञ्चालन गरिएको यस सडकसमेत दैनिकजसो पहिराले अवरुद्ध बनाउँछ, डोजरले पहिरो हटाएर सञ्चालन गर्नुपर्ने बाध्यता छ।’

प्रकाशित: Jul 12, 2022| 13:22 मंगलबार, असार २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।