सोमबार, जेठ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • डोल्पा सदरमुकाम दुनैका २४ परिवार बाढीका कारण विस्थापित

डोल्पा सदरमुकाम दुनैका २४ परिवार बाढीका कारण विस्थापित

सरमुकाम दुनैस्थित शान्तिटोलमा बाढीपहिराले २४ परिवारलाई विस्थापित गराएको हो।
 |  मंगलबार, असार २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार २८, २०७९

जाजरकोट- ठूलीभेरी नगरपाालिका–३ डोल्पाका २४ घरधुरी बाढीका कारण विस्थापित भएका छन्। सरमुकाम दुनैस्थित शान्तिटोलमा बाढीपहिराले २४ परिवारलाई  विस्थापित गराएको हो। 

National life

ठूलीभेरी नगरपालिका–३ शान्तिटोलमा अचानक आएको बाढी र पहिरोले   नन्नाकुमारी विकको एकतले कच्ची घर पूर्णरूपमा क्षति पुर्‍याएको छ भने धनबहादुर घर्ती, झुमा विक, उर्मिला विश्वकर्मा, मोतीलाल  रोकाया,  मानबहादुर  रोकायाको  घर र खेतबारी बगाएको छ।

यस्तै कर्णबहादुर रोकाया, मायादेवी बुढा, हस्त विक, पदम रोकाय, तिउली विकको घर र खेतबारी पनि बगेको प्रहरी नायब उपरीक्षक निरञ्जन थापाले जानकारी दिए। उनका अनुसार ती सबैको घरखेत, अन्नपानी, लत्ताकपडा, सुनचाँदीसमेत गरी झण्डै एक करोड ५० लाख बराबरको क्षति भएको छ। 

सोमबारको प्रतिनिधिसभा बैठकमा सांसद सत्य पहाडीले दुनैमा बाढीका कारण भएको क्षतिको बारेमा जानकारी गराएकी थिइन्। भेरी नदीको कटानका कारण दुनै बजार जोखिममा पर्दै आएको छ।   -रासस

प्रकाशित: Jul 12, 2022| 12:35 मंगलबार, असार २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।