सोमबार, जेठ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चाँगुनारायण नगरपालिकाले निःशुल्क रगत उपलब्ध गराउने

चाँगुनारायण नगरपालिकाले निःशुल्क रगत उपलब्ध गराउने

चाँगुनारायण नगरपालिकाले आफ्ना नगरवासीका लागि निःशुल्क रगत उपलब्ध गराउने भएको छ।
 |  मंगलबार, असार २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार २८, २०७९

काठमाडौं- चाँगुनारायण नगरपालिकाले आफ्ना नगरवासीका लागि निःशुल्क रगत उपलब्ध गराउने भएको छ।

National life

नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखासँग समन्वय गर्दै नागरिकलाई आवश्यक रगत रेडक्रसले दिने र त्यस वापतको रकम नगरपालिकाले रेडक्रसलाई उपलब्ध गराउने गरी नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने व्यवस्था गरेको नगर प्रमुख  जीवन खत्रीले बताए।

उनले ज्येष्ठ नागरिकलाई घरघरमा गएर निःशुल्क स्वास्थ्य जाँचको व्यवस्था गर्ने, चाँगुनारायण नगर अस्पतालको स्तरोन्नति गर्दै सेवा विस्तार गर्ने, क्यान्सर रोकथाम गर्न विज्ञ चिकित्सकसँग परामर्श गर्दै निःशुल्क क्यान्सर जाँचको व्यवस्था गर्ने योजना अगाडि सारेको जानकारी दिए।

नगरभित्रका विद्यालयमा छात्राहरूका लागि निःशुल्क सेनेटरी प्याड वितरण गर्ने, सामुदायिक विद्यालयमा विद्युतीय बस सञ्चालन गर्ने नीति लिँदै त्यसका लागि अनुदानको व्यवस्था गर्ने, विद्यार्थीलाई खाजा कार्यक्रमका लागि सरकारले उपलब्ध गराएको प्रतिव्यक्ति १५ मा नगरपालिकाले १० थपेर २५ पुर्याएको उनले बताए।

प्रकाशित: Jul 12, 2022| 09:48 मंगलबार, असार २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।