बिहीबार, असार ३२, २०८३

प्रिमियर लिगमा टोटेनह्यामको लगातार दोस्रो जित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
इंग्ल्याण्ड- इंग्लिश प्रिमियर लिग फुटबलमा टोटेनह्यामले लगातार दोस्रो जित निकालेको छ। शनिबार भएको खेलमा फुलहमलाई ३-१ गोल अन्तरले पराजित गर्दै टोटेनह्यामले प्रिमियर लिगमा लगातार दोस्रो जित निकालेको हो। 

घरेलु मैदानमा भएको खेलमा टोटेनहमलाई जित दिलाउन लुकास मौरा, केरियन ट्रीपिएर र ह्यारी केनले समान एक-एक गोल गरे। फुलहमका एलेक्जेन्डर मिट्रोभिकले एक गोल फर्काए। 

यसअघि पहिलो खेलमा टोटेनहमले न्युकासल युनाइटेडलाई २-१ गोल अन्तरले हराएको थियो। प्रिमियर लिग अन्तर्गत नै बोर्नेमाउथले पनि लगातार दोस्रो जित निकालेको छ। 

शनिबार बोर्नेमाउथले वेष्ट ह्याम युनाइटेडलाई २-१ ले पराजित गर्‍यो। यस्तै शनिबार भएको अन्य खेलमा एभर्टनले साउथह्याम्पटनलाई २-१, लेष्टर सिटीले वुल्भ्सलाई २–० ले हराएको छ । कार्डिफ सिटी र न्युकासल युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।