सोमबार, जेठ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • तनहुँ व्यास नगरपालिकाद्वारा भूमिहीनलाई निस्सा वितरण

तनहुँ व्यास नगरपालिकाद्वारा भूमिहीनलाई निस्सा वितरण

नगरपालिकाले व्यास नगरपालिका–१ बाट सोमबारदेखि निस्सा वितरण थालनी गरेको हो।
 |  मंगलबार, असार २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार २८, २०७९

तनहुँ- जिल्लाको व्यास नगरपालिकाले भूमिहीनलाई लालपुर्जाको निस्सा वितरण गर्न सुरुआत गरेको छ। नगरपालिकाले व्यास नगरपालिका–१ बाट सोमबारदेखि निस्सा वितरण थालनी गरेको हो।

National life

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा दिने प्रक्रियास्वरुप निस्सा वितरण थालिएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरप्रमुख वैकुण्ठ न्यौपाने, राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष रामचन्द्र अधिकारीले लालपुर्जाको निस्सा वितरण गरे। व्यास–१ का ४४ भूमिहीन दलित, ४५ भूमिहीन सुकम्बासी र ३६७ अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गरिएको नगरपालिकाका इञ्जीनियर रवीन्द्रलाल मूलले जानकारी दिए। निस्सा लिन नआएकाहरुलाई सम्बन्धित वडा कार्यालयमार्फत वितरण गरिने उनले बताए।

भूमिहीन दलित र भूमिहीन सुकुम्बासीका लागि दाबी–विरोधस्वरुप एक हप्ताको र अव्यवस्थित बसोबासीका लागि १५ दिने सूचना जारी गरिने ई मूलले बताए। नगरपालिकाका १४ वटै वडामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी गरी करिब १० हजार जना रहेको नगरपालिकाले जनाएको छ।

व्यास नगरप्रमुख न्यौपानेले भूमिहीनलाई व्यवस्थित गर्नका लागि नगरपालिका प्रतिबद्ध रहेको बताए। राष्ट्रिय भूमि आयोगका अध्यक्ष रामचन्द्र अधिकारीले निस्साकै आधारमा अब जग्गा नापजाँचको प्रक्रिया अगाडि बढ्ने जानकारी दिए।

जिल्लाका अन्य स्थानीय तहहरूले भूमिहीनलाई लालपुर्जाको निस्सा वितरण सुरु गरेका छन्। केही दिन अगाडिमात्रै आँबुखैरेनी र देवघाट गाउँपालिकाले पनि लालपुर्जाको निस्सा वितरण गरेका छन्। आँबुखैरेनी गाउँपालिकाले वडा नं १ र २ तथा देवघाट गाउँपालिकाले वडा नं ५ मा निस्सा वितरण गरेको छ। 

विसं २०७७ चैत २२ गते र विसं २०७८ फागुन २६ गते लगत सङ्कलनका लागि ३५ दिने सूचना प्रकाशित गर्दा निवेदन दर्ता भएका व्यक्तिहरूलाई नापनक्साको निस्सा वितरण गरिएको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए।

वडा नं १ का ९५ र वडा नं २ का ९९ जनालाई निस्सा बाँडिएको छ। गाउँपालिकाले ६ वटै वडाका ८८३ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गर्नेछ। निस्सा वितरणकै आधारमा अब जग्गाको नापजाँच प्रक्रिया अगाडि बढ्ने भएकाले भूमिहीनले लालपुर्जा पाउने अध्यक्ष चुमानले बताए।

देवघाट गाउँपालिकाले वडा नं ५ का ७५ जनालाई निस्सा वितरण गरेको छ। पटक–पटक बनेको भूमि आयोगले लालपुर्जाका लागि निवेदन सङ्कलन गरे पनि सरकार परिवर्तनसँगै आयोगका पदाधिकारी फेरबदल हुँदा उनीहरुले लालपुर्जा पाउन सकेका छैनन्।

यसअगाडि शुक्लागण्डकी नगरपालिका र बन्दीपुर गाउँपालिकाले पनि निस्सा वितरण गरेका छन्। शुक्लागण्डकीले पहिलो चरणमा २४७ जनालाई निस्सा वितरण गरिएको छ। नगरपालिकाका १२ वटै वडाबाट चार हजार ४०३ भूमिहीनको निवेदन सङ्कलन भएको छ। बन्दीपुर गाउँपालिकाले छवटै वडाका ३२५ जनालाई निस्सा वितरण गरिसकेको छ।  -रासस

प्रकाशित: Jul 12, 2022| 08:31 मंगलबार, असार २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।