सोमबार, जेठ ४, २०८३

झापामा पिकअपको ठक्करबाट अटोचालकको मृत्यु

मृत्यु हुनेमा बुद्धशान्ति–७ का अटोचालक ४१ वर्षीय भानु खड्का रहेका छन्।
 |  मंगलबार, असार २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार २८, २०७९

झापा- झापाको बुद्धशान्ति गाउँपालिका–४ स्थित मेची राजमार्गमा सोमबार पिकअप गाडीले अटोरिक्सालाई ठक्कर दिँदा अटोरिक्सा चालकको मृत्यु भएको छ।

National life

बुद्धशान्ति–७ का अटोचालक ४१ वर्षीय भानु खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए। उक्त दुर्घटनामा अटोमा सवार दुई जना घाइते भएका थिए।

बुद्धशान्ति–४ स्थित मेची राजमार्गमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को २ च २०६३ नम्बरको पिकअपले सोही दिशातर्फ जाँदै गरेको मे १ ह ४६४४ नंको अटोलाई पछाडिबाट ठक्कर दिएको थियो।

उक्त दुर्घटनामा अटोचालक खड्कासँगै मेचीनगर–७ की १८ वर्षीया बिना सेञ्चुरी र मेचीनगर–४ की ३२ इन्दिरा राई घाइते भएकी थिइन्। घाइते भएका उनीहरूमध्ये अटोचालक खड्काको बिएण्डसी अस्पताल विर्तामोडमा उपचारका क्रममा बेलुका साढे ४ बजे मृत्यु भएको हो।

दुर्घटनामा संलग्न पिकअप र चालक इलाम सूर्योदय नगरपालिका–१० का ५१ वर्षीय दिलीपकुमार प्रधानलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Jul 12, 2022| 08:19 मंगलबार, असार २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।