शनिबार, वैशाख १२, २०८३

आठ वर्षीय बालकको काखमा दुई वर्षे भाइको शव !

उनका बुबा भने यताउता भौंतारिरहेका छन् ताकि आफ्नो बच्चालाई घर लैजान सस्तोमा कुनै गाडी भेटियोस्।
 |  मंगलबार, असार २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार २८, २०७९

आठ वर्षको एउटा बालक आफ्नो भाइको मृत शरीर काखमा लिएर सडक किनारमा बसेको छ। उनका बुबा भने यताउता भौंतारिरहेका छन् ताकि आफ्नो बच्चालाई घर लैजान सस्तोमा कुनै गाडी भेटियोस्। 

National life

घटना भारत मध्य प्रदेशको हो। मुरैना भन्ने ठाउँमा यो घटनाको भिडियो भाइरल भएपछि प्रदेशको विपक्षी पार्टी कांग्रेसले सत्तारुढ भारतीय जनता पार्टीको चर्को आलोचना गरेको छ। मुख्यमन्त्री शिवराज सिंह चौहानले भने भिडियो खिच्ने पत्रकारमाथि पनि प्रश्न उठाएका छन्। गृहमन्त्री नरोत्तम मिश्रले घटनाको छानबिन गर्न निर्देशन दिएका छन्। 

आठ वर्षको बालक गुलशन आफ्नो सानो भाइको शव बोकेर सडक किनारमा बसेको छ। भाइ दुई वर्षको छ र उसलाई सेतो कपडाले ढाकिएको छ। बालकको पिता आफ्नो बच्चाको पार्थिव शरीर गाउँमा लैजान गाडीको खोजीमा निस्केको छ। 

आफ्नो दुई वर्षे बालकको मृत्यु भएपछि पूजाराम जाटवले अस्पतालसँग गाडीको कुरा गरे। तर, अस्पतालले गाडी दिएन। त्यसपछि पूजारामले अस्पतालबाहिर रहेको एम्बुलेन्ससँग कुरा गरे। एम्बुलेन्सले १५०० माग्यो। 

पूजाराम आफ्नो बच्चाको शव लिएर अस्पताल बाहिर निस्के र सार्वजनिक गाडी खोजी गरे तर फेला परेन। त्यसपछि उनी ठूलो छोरा केशवको काखमा सानो छोराको शव राखिदिएर गाडी खोज्न निस्किए। 

kumari

दाजुभाइको हृदयविदारक अवस्थाको बारेमा स्थानीय प्रहरी चौकीका इन्स्पेक्टरले थाहा पाएपछि उनी त्यहाँ पुगे र एम्बुलेन्सको व्यवस्था गरेर गाउँ पठाइदिए।   -बीबीसी

प्रकाशित: Jul 12, 2022| 07:43 मंगलबार, असार २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।