बिहीबार, मंसिर १३, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

श्रीलंकाको नयाँ राष्ट्रपति जुलाई २० मा चयन हुने

सहरी विकास तथा आवासमन्त्री प्रसन्न रानातुङ्गाले श्रीलंकामा नयाँ राष्ट्रपति जुलाई २० मा चयन हुने बताएका छन्। रणतुङ्गाले- ‘जुलाई १३ मा राष्ट्रपति गोटबाया राजापाक्षेले राजीनामा दिएमा पार्टीका नेताहरूले जुलाई २० मा नयाँ राष्ट्रपति चयन गर्ने निर्णय गरेको बताएका छन्।
 |  मंगलबार, असार २८, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, असार २८, २०७९

कोलम्बो- सहरी विकास तथा आवासमन्त्री प्रसन्न रानातुङ्गाले श्रीलंकामा नयाँ राष्ट्रपति जुलाई २० मा चयन हुने बताएका छन्। रणतुङ्गाले- ‘जुलाई १३ मा राष्ट्रपति गोटबाया राजापाक्षेले राजीनामा दिएमा पार्टीका नेताहरूले जुलाई २० मा नयाँ राष्ट्रपति चयन गर्ने निर्णय गरेको बताएका छन्। 

himalayan bank box

पार्टीले निर्णय गरे बमोजिम जुलाई १३ मा राष्ट्रपतिले राजीनामा दिएमा प्रक्रिया त्यसै  अनुरूप  अगाडि बढ्ने  उनले बताएका छन्। शनिबार फोर्टमा रहेको राष्ट्रपति भवनमा हजारौं मानिसहरूले आक्रमण गरेपछि यहाँको राजनीतिक घटनाक्रम नयाँ ढंगले विकास भएको हो। तीव्र विरोध र प्रदर्शनका बीच प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले पदबाट राजीनामा दिने घोषणा गरेका छन्। 

राष्ट्रपति र प्रधानमन्त्रीको निवास कब्जामा लिएका आन्दोलनकारीले भने देशको बिग्रँदै गएको आर्थिक अवस्थाले तनाव बढाएको  र राजनीतिक नेतृत्व त्यसका निम्ति जिम्बेवार रहेको बताएका छन्। पछिल्ला केही हप्ताहरूमा इन्धन पसलहरूमा  सर्वसाधारण र प्रहरी बीच  थुप्रै भिडन्त भएको रिपोर्टहरू आएका छन् ।

श्रीलंका सन् १९४८ स्वतन्त्रता प्राप्त गरेपछिको  यस पटक सबैभन्दा खराब आर्थिक सङ्कटबाट गुज्रिरहेको छ। राष्ट्रपति गोटाबाया राजापाक्षेले औपचारिक रूपमा प्रधानमन्त्री विक्रमासिंघेलाई आफ्नो पदबाट राजीनामा दिन लागेको बताएका छन्।

 चरम तेल आपूर्ति अभावले विद्यालय र सरकारी कार्यालयहरू अर्को सूचना नभएसम्म बन्द गरिएका छन्। श्रीलंकामा इन्धन अभावका बीच थुप्रे क्षेत्रमा आपतकालीन एम्बुलेन्स सेवा  समेत निलम्बित गरिएको छ।

Metro Mart
vianet

आर्थिक संकटले विशेषगरी खाद्य सुरक्षा, कृषि, जीविकोपार्जन र स्वास्थ्य सेवामा पहुँचलाई प्रत्यक्ष असर गरेको छ।

प्रकाशित: Jul 12, 2022| 04:30 मंगलबार, असार २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।