कोलम्बो- श्रीलङ्कामा जुलाई २० मा नयाँ राष्ट्रपति चयन हुने भएका छन्। सहरी विकास तथा आवासमन्त्री प्रसन्न रानातुङ्गाले रणतुङ्गाले जुलाई १३ मा राष्ट्रपति गोटबाया राजापाक्षेले राजीनामा दिए पार्टीका
नेताहरूले जुलाई २० मा नयाँ राष्ट्रपति चयन गर्ने निर्णय गरेको बताएका हुन्।
पार्टीले निर्णय गरे बमोजिम जुलाई १३ गते राष्ट्रपतिले
राजीनामा दिएमा प्रक्रिया त्यसे अनुरूप अगाडि बढ्ने पनि उनले जानकारी दिए। शनिबार फोर्टमा रहेको
राष्ट्रपति भवनमा हजारौं मानिसहरूले आक्रमण गरेपछि यहाँको राजनीतिक घटनाक्रम नयाँ
ढङ्गले विकास भएको हो। तीव्र विरोध र प्रदर्शनका बीच प्रधानमन्त्री रनिल
विक्रमासिङ्घेले पदबाट राजीनामा दिने घोषणा गरेका छन्।
राष्ट्रपति र
प्रधानमन्त्रीको निवास कब्जामा लिएका आन्दोलनकारीले भने देशको बिग्रँदै गएको
आर्थिक अवस्थाले तनाव बढाएको र राजनीतिक नेतृत्व त्यसका निम्ति जिम्बेवार रहेको
बताएका छन्। पछिल्ला केही हप्ताहरूमा इन्धन पसलहरूमा सर्वसाधारण र प्रहरीबीच
थुप्रै भिडन्त भएको रिपोर्टहरू आएका छन्। श्रीलङ्का सन् १९४८ स्वतन्त्रता प्राप्त गरेपछि यस पटक सबैभन्दा खराब आर्थिक सङ्कटबाट गुज्रिरहेको छ।
राष्ट्रपति गोटाबाया
राजापाक्षेले औपचारिक रूपमा प्रधानमन्त्री विक्रमासिंघेलाई आफ्नो पदबाट राजीनामा
दिन लागेको बताएका छन्। चरम तेल आपूर्ति अभावले विद्यालय र सरकारी
कार्यालयहरू अर्को सूचना नभएसम्म बन्द गरिएका छन्।
श्रीलङ्कामा इन्धन अभावका
बीच आपत्कालीन एम्बुलेन्स सेवा समेत बन्द गरिएको छ। आर्थिक
सङ्कटले विशेषगरी खाद्य सुरक्षा, कृषि, जीविकोपार्जन र स्वास्थ्य सेवामा पहुँचलाई
प्रत्यक्ष असर गरेको छ।