बुधबार, फागुन २०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • नोर्ड स्ट्रीम-वनबाट जर्मनी आपूर्ति गरिने ग्यास १० दिन अवरूद्ध हुने

नोर्ड स्ट्रीम-वनबाट जर्मनी आपूर्ति गरिने ग्यास १० दिन अवरूद्ध हुने

रूसी ग्यास जर्मनी जाने बाल्टिक सागर पाइपलाइन नोर्ड स्ट्रीम–वनबाट १० दिनका लागि आपूर्ति अवरुद्ध भएको छ।
 |  मंगलबार, असार २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार २८, २०७९

मस्को- रूसी ग्यास जर्मनी जाने बाल्टिक सागर पाइपलाइन नोर्ड स्ट्रीम–वनबाट १० दिनका लागि आपूर्ति अवरुद्ध भएको छ।

उक्त पाइपलाइनको रूसी–ग्यास कम्पनी ग्याजप्रोमले वार्षिक तालिकाअनुसार मर्मतसम्भार कार्यका लागि उक्त कदम चालिएको जनाएको छ।

यद्यपि, जर्मनीका मन्त्रीहरूले बर्लिनमाथि दबाब दिनका लागि राजनीतिक रूपले उक्त कदम चालिएको बताएका छन्। 

जर्मनीका अर्थमन्त्रीले रूसबाट ग्यास आपूर्ति बन्द हुने सम्भावनाबारे युरोपेली देशहरू तम्तयार रहनुपर्ने बताउनुभएको छ।  

चेक रिपब्लिकका उद्योगमन्त्रीसँग संयुक्त विज्ञप्ति जारी गर्दै रोबर्ट ह्याबेकले युरोपेली युनियनका सदस्यबीच नै विमति उत्पन्न हुने गरी ग्यास आपूर्तिको मुद्दालाई रूसले उपयोग गरिरहेकोमा चिन्ता व्यक्त गरेका छन्। 

kumari

जर्मनीको ऊर्जा नियामकले पनि विगतकै परिमाणमा अब ग्यास आपूर्ति निरन्तर रहनेमा आशंका व्यक्त गरेको छ। यसअघि नै ग्यास आपूर्ति साविकमा हुनेको ४० प्रतिशत मात्रै हुने गरेको थियो।

मस्कोले आर्थिक प्रतिबन्ध तथा टर्बाइनमा समस्यालाई त्यसको कारण बताएको थियो।

प्रकाशित: Jul 12, 2022| 04:00 मंगलबार, असार २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।