बुधबार, फागुन २०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • चीनद्वारा अमेरिकालाई क्युवामाथिको प्रतिबन्ध हटाउन आग्रह

चीनद्वारा अमेरिकालाई क्युवामाथिको प्रतिबन्ध हटाउन आग्रह

अमेरिकी विदेश मन्त्रालयले जुलाई ९ मा २८ क्युबाली अधिकारीहरूमाथि भिसा प्रतिबन्धको घोषणा गरेको बारे सोधिएको प्रश्नको जवाफ दिने क्रममा प्रवक्ता वाङ वेनबिनले उक्त टिप्पणी गरेका हुन्।
 |  सोमबार, असार २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार २७, २०७९

kumari

बेइजिङ- चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले सोमबार संयुक्त राज्य अमेरिकालाई क्युवामाथिको एकपक्षीय प्रतिबन्ध पूर्ण रूपमा हटाउन आग्रह गरेको छ। अमेरिकी विदेश मन्त्रालयले जुलाई ९ मा २८ क्युबाली अधिकारीहरूमाथि भिसा प्रतिबन्धको घोषणा गरेको  बारे  सोधिएको प्रश्नको जवाफ दिने क्रममा प्रवक्ता वाङ वेनबिनले उक्त टिप्पणी गरेका हुन्। 

वाङले दैनिक समाचार ब्रिफिङमा चीनले क्युवाली सरकार र त्यहाँका जनताले सामाजिक स्थायित्व कायम गर्न गरेको प्रयासलाई दृढतापूर्वक समर्थन गर्ने पनि बताएका छन्। संयुक्त राज्य अमेरिकाले क्युवाली अधिकारीहरू विरुद्ध लगाएको एकतर्फी प्रतिबन्धहरू, जसको अन्तरराष्ट्रिय कानुनमा कुनै आधार छैन त्यो विशिष्ट 'जबरदस्ती कूटनीति' भएकव उनको टिप्पणी छ।

लगातार २९ पटक संयुक्त राष्ट्रसंघको महासभाले संयुक्त राज्य अमेरिकालाई आर्थिक, व्यापारिक र वित्तीय नाकाबन्दी अन्त्य गर्न माग गर्दै प्रस्तावहरू पारित गरेको छ। 'हामी संयुक्त राज्य अमेरिकालाई अन्तरराष्ट्रिय समुदायबाट न्यायको लागि आह्वान गर्न, संयुक्त राष्ट्रसंघको बडापत्रको उद्देश्य र सिद्धान्तहरूको परिपालना गर्न र क्युबा विरुद्ध एकपक्षीयरूपमा लगाइएको प्रतिबन्धहरू पूर्ण रूपमा हटाउन आग्रह गर्दछौं,' वाङले भनेका छन्। 

प्रकाशित: Jul 11, 2022| 23:45 सोमबार, असार २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।