सोमबार, जेठ ४, २०८३

कमला नदीमा दाजुभाइको शव फेला

धनुषा र सिरहाको सिमानामा पर्ने कमला नदीको ढोका छेउमा सोमबार दुई दाजुभाइको शव फेला परेको छ।
 |  सोमबार, असार २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार २७, २०७९

जनकपुर- धनुषा र सिरहाको सिमानामा पर्ने कमला नदीको ढोका छेउमा सोमबार दुई दाजुभाइको शव फेला परेको छ। 

National life

कमला नदीको ढोकामा अड्किएको अवस्थामा सिरहाको कर्जन्हा नगरपालिका–१ बन्दीपुर निवासी १७ वर्षीय मोहम्मद अली र उहाँका फुपूको छोरा भारतको बिहार राज्य घर भएका १९ वर्षीय जफर शेखको शव फेला परेको प्रहरीले जनाएको छ।

ज ९ प ६१९४ नम्बरको मोटरसाइकलमा चढेर पर्यटकीय क्षेत्र उत्तर बाहिनी गएका दुवै जनाको शव आज कमला नदीको ढोका छेउमा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिए। कमला नदीमा नुहाउने क्रममा दुवैलाई बाढीले बगाएर कमला नदीको ढोकासम्म ल्याएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। 

दुवै शवको परीक्षणका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल पठाइएको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए।

प्रकाशित: Jul 11, 2022| 22:25 सोमबार, असार २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।